मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदै

0
707

काठमाडौं, 

प्रतिनिधिसभा विघटन गरेपछि विस्तार भएको मन्त्रिपरिषद् गैरकानुनी भएको भन्दै परेको दुई रिटमाथि आज पनि सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा पेशी तोकिएको हो।

अघिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि आज पनि सुनुवाई हुन लागेको हो। यसअघि गत बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइका लागि पेसी चढे पनि हेर्न नभ्याउने सूचीमा राखिएको थियो।

निर्वाचनको घोषणा गरेको अवस्थामा प्रधानमन्त्री ओली कामचलाउ भएको र उनले गरेको मन्त्रिपरिषद् विस्तार संविधानविपरीत भएको जिकिरसहित सर्वोच्च अदालतमा रिट परेको हो।

प्रतिनिधिसभा नभएको अवस्थामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल बदर गर्न माग गरिएको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here