न्यानो कपडा पाउँदा दंग

0
1082

 झापा । पछिल्लो समय चिसो बढे सँगै तराईमा शितलहरको जोखिम बढी रहेको छ ।

 

यसै क्रममा झापास्थित भद्रपुर नगरपालिका वार्ड नं. ७, वार्ड नं. १० र वार्ड नं. ३ सन्थाल बस्तिमा रहेका एक सय घर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

हाम्रो अभियानको संयोजनमा  ब्लान्केट, टाउजर, टोपी, जुत्ता, चप्पल आदि लगायतका सामग्री वितरण गरिएको छ । विभिन्न ठाउँबाट संकलन गरिएको उक्त कपडाहरु दैनिक मजदुरी , ज्यालादारी कामबाट जिविकोपार्जन गर्दै आएका परिवारहरुलाई न्यानो माया बाड्ने उदेश्यले यो अभियानको सुरुवात् गरिएको अभियानका सचिब बिष्णुप्रसाद आचार्य बताउछन् ।

 

कार्यक्रममा हाम्रो अभियानबाट बिज्ञानराज पौडेल, सन्दिप गिरी , सर्मिला कणेल, निलम कार्कीका साथै स्थानीय युवा, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवीको उपस्थितिमा बितरण कार्य सम्पन्न भएको अनु पौडेलले बताइन् ।

यसअघि हाम्रो अभियानले झापाको काकरभिट्टा देखि उर्लाबारीमा दैनिकरुपमा सडकपेटी एवं सार्वजनिक स्थलहरुमा आश्रित ७० जना सडक मानवको उद्दार संगै उनीहरुलाई टोपी, म्याट, स्वीटर, पन्जा लगायतका सामाग्री वितरण गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here