कवि रमेशचन्द्रको पुस्तकको परिचर्चा

0
644

धनकुटा,

पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता कृति ‘बुढो गौंडा र इष्टेनीहरु’ को परिचर्चा कार्यक्रम धनकुटामा आयोजना गरिएको छ । मिसन पोइट्रीको आयोजनामा गरिएको कार्यक्रममा अधिकारीको नविन पुस्तकमा समावेश गरिएका कविताबारे कवि तथा भाषाविद्हरुले समिक्षा तथा समालोचना गरे ।

सो अवसरमा भाषाशास्त्री प्रा.डा. टङ्कप्रसाद न्यौपानेले परिवेशबाट उठान गरिएको कृति भित्र समग्र मुलुक प्रतिको चिन्तन, समसामयिक परिवेश, प्राकृतिक सौन्दर्यता आञ्चलिकता, सांस्कृतिक माधुर्यता र भाषिक शिल्पी रहेको टिप्पणी गरे । पछिल्लो समय आञ्चलिकता ओझेलमा पर्दै गएको अवस्थामा कवि अधिकारीले त्यो रिक्तता पुरा गरेको उल्लेख गरे । नबुझीने कविता भन्दा सरल कविताको माग रहेको अवस्थामा बुढो गौंडा र इष्टेनीले त्यो मर्म बुझेको उनको कथन थियो ।

यस्तै पुस्तक माथि परिचर्चा गर्दै सहप्राध्यापक यज्ञप्रसाद गुरागाईले कविता कृतिमा आञ्चलिकता, व्यङ्ग्य, शान्तिको चाहना, भाषा र शिल्पी, वर्ण विन्यास र सौन्दर्य उत्तम रहेको उल्लेख गरे । उनले सांस्कृतिक, प्रणय, रुपक, उपमा लगायत विम्बबाट कविता कृति सजिएको चित्रण गरे ।

सहज सरल, वोधगम्य समाजमा रहेका विसंगती शोषण उत्पीडितनको चिरफार गरिएको पुस्तक अनुसन्धानमुलक रहेको र नेपाली साहित्यमा ओजपूर्ण ईटा थपिएको उनको कथन थियो । कार्यक्रममा स्रष्टा अधिकारीले जीवन नै कविवता र कविता नै जीवन लाग्ने उल्लेख गरे । २०५२ देखि २०७७ सम्म आफुले लेखेका कवितालाई संग्रहको रुपमा पुस्तकाकारको रुपमा समेटेको जनाए । कवि मुकुन्द प्रयास, के.जी.सुब्बा लगायतले पनि पुस्तकबारे धारणा राखे ।

सोहि अवसरमा कविता कृति बुढो गौंडा र इष्टेनीहरु’ हरुमा समावेश कविता विभिन्न कविहरुले वाचन गरेका थिए । कवि घनश्याम बरालले चिन्नु भो म उहि धनकुटा , मुकुन्द प्रयासले मतपेटिकाको साँचो, रोशन परियारले निरुत्तरित प्रश्न, केजी सुब्बाले त्यो दिन यो दिन, गीता अधिकारीले सिरानघरे कान्छीलाई चिठी, निर्मला कँुवरले कवि ज्यु लाई प्रश्न, सञ्जय सयलले निरुत्तरित प्रश्न शिर्षकका कविता वाचन गरे ।

दुई चरणमा आयोजना गरिएको कार्यक्रमको दोस्रो सृङ्खलामा विभिन्न कविहरुले आफ्ना रचना वाचन गरेका थिए। जसमा गोपाल भण्डारी, घनश्याम औलाली, अनन्त अनुराग, द्धारिका रिजाल, मुकुन्द प्रयास, रोशन परियार, देवकला कार्की, प्रज्वल पुकार, निर्मला कुँवर, इन्दु के.सी, यानिन्द्र तिगेला लगायतले रचना वाचन गरेको मिसन पोइट्रीका संयोजक के.जी.सुब्बाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here