वीरता जेसीजको बर्ष २०२१ को अध्यक्षमा राजिव

0
1512

तुलसीप्रसाद निरौला, बिर्तामोड  ।

वीरता जेसीजको बर्ष २०२१ को अध्यक्षमा राजिव धिमाल निर्वाचित भएका छन् ।

वीरता जेसीजको ४० औं अधिवेशन तथा शाखा अधिवेशनको वन्दसत्रले धिमाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

वीरता जेसीजको अध्यक्ष पदका लागि धिमालसहित धनश्याम चौधरी, प्रविण खड्का, दिवाकरलाल चौधरी, दिवाकर प्रसाई, प्रकाश सुवेदी, जीवनकुमार खड्काको उम्मेदवारी रहेको थियो ।

अध्यक्ष पदका धिमाल बाहेक अन्य उम्मेदवारले सहमति सहकार्य र एकताको संदेश प्रवाह गर्दै जेसीज सदस्यहरुलाई एक ढिक्का बनाएर अघि बढ्न सहजता दिन आफ्नो उम्मेदवारी फिर्ता लिएपछि धिमाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।धिमाल टावर टेम्पल स्कूल बिर्तामोडका अध्यक्ष, हिमालयन माउण्टवाइकका सञ्चालक ,नेपाल लिङपेडलका सचिवलगायतमा आवद्ध रहेका छन् ।

 

यसैगरी कानूनी सल्लाहकारमा प्रविण खड्का, सहसचिवमा टिकाराम खतिवडा, उपाध्यक्षमा जनक खड्का, कृष्ण अग्रवाल, अमरदीप साह, सुरज चौधरी रहेका छन् ।

त्यस्तै जनसम्पर्क अधिकारीमा अनन्तलाल महतो, प्रकरण निर्देशकमा कमल श्रेष्ठ, तालिम संयोजकमा प्रभात मास्के सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत वीरता जेसीजका निर्वमान अध्यक्ष विशाल थापाले जानकारी दिए ।

दुई जना कार्यकारीणि उपाध्यक्ष पदका लागि कुशल खतिवडा, विकास बस्नेत र अशोक चौधरीको उम्मेदवारी रहेको र सो पदका लागि पनि सहमतीको प्रयास भइरहेको  निर्वाचन अधिकृत थापाले बताए । महासचिव र कोषाध्यक्षको पद र अन्य संयोजकहरुमा नवनिर्वाचित अध्यक्षले चयन गर्न पाउने प्रावधान भएकाले पदहस्तान्तरण समारोहमा उक्त पदका लागि मनोनित नाम सार्वजनिक गरिने बताईएको छ ।

वीरता जेसीजको ४० औं साधारणसभा तथा शाखा अधिवेशन गत पुस १२ गते शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here