नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को अध्यक्षमा उद्योगी टिकाराज ढकाल

0
989

बिर्तामोड  ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को अध्यक्षमा झापाका उद्योगी टिकाराज ढकाल चयन भएका छन् ।

झापाको बितामोडमा सोमबार भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को तेस्रोे वार्षिक साधारणसभाको वन्दसत्रले ढकाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

भद्रपुरका पुराना तथा अग्रज उद्योगी ढकाल झापा उद्योग संघका अध्यक्ष हुन् । उनी यस अघि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का सल्लाहकार थिए ।

अध्यक्षमा नवनिर्वाचित ढकालले स्थानीय , प्रदेश र संघ सरकारसंग समन्वय गरी उद्योगी व्यवसायीको समस्या समाधान गर्ने बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को एशोसिएट उपाध्यक्षमा राजेन्द्र राउत , जिल्ला/नगर उपाध्यक्षमा भीम पौडेल , कोषाध्यक्षमा रमेश राठी, वस्तुगत सदस्यमा सुवास आचार्य , राजन श्रेष्ठ, एसोसिएट सदस्यमा रवीन दाहाल निर्वाचित भएका छन् ।

त्यसैगरी जिल्ला÷नगर सदस्यहरुमा कुमार भट्टराई, प्रितम खड्गी , वीरेन्द्र शाह , युवराज शाक्य , भुपालराज कटुवाल निर्वाचित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को १५ सदस्यीय प्रदेश समितिका लागि १३ जना निर्वाचनबाट चयन भएका छन् भने नवनिर्वाचित अध्यक्ष ढकालले दुई जना सदस्य मनोनित गर्ने बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को निर्वाचनका लागि सूर्य विमलीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो र सोही समितिले सोमबार प्रदेश समितिको निर्वाचन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here