नयाँ वर्षको कोशेली स्वरूप सौरवले ल्याए ‘सौरव २०२०’

0
1013

काठमाडौँ । 

भुटनिज अमेरिकन म्युजिक एसोसिएशन (बामा) र सौरव म्युजिकको प्रस्तुति रहेको गीति संग्रह ‘सौरव २०२०’ ( म्युजिक फर ब्रिज ) सार्वजनिक भएको छ।

नेपाली गीत संगीत क्षेत्रमा क्रियासिल गीतकार, प्रेरक, अनुवादक तथा समाजसेवी सौरव तिम्सिनाको एकल शब्दमा रहेको यस गीति संग्रहलाई इन्द्रावती क्रिएशन मार्फत सार्वजनिक गरिएको हो। यस संग्रहमा ६ वटा गीतहरु समावेश छन्। सम्पुर्ण गीतहरु गीतकार तिम्सिनाको वेवसाइट सौरव २०२० र अन्य थुप्रै डिजिटल प्ल्याटफर्म बाट सुन्न सकिनेछ।

किरण गजमेर, किशोर सिवाकोटी, टेक दुधराज, रमेश कडेल, प्रविन दियाली, महेश थुलुङ, टिका लामिछाने, एल बी मोक्तान, निशान राईले बिभिन्न गीतमा आफ्नो आवाज दिएका छन्। यस संग्रहका गीतहरुमा अम्बर तुम्बापो सुब्बा, लोकेश गुरुङ, एस डी योगी, अरुण तामाङ र रोनान सुब्बाले संगीत दिएका छन्। संग्रह भित्रका विभिन्न गीतहरुमा गोपाल रसाइली, विकाश राई, किरण कडेल, रिकेश गुरुङ र मोहित मुनालको संगीत संयोजन रहेको छ।

यस संग्रहमा रहेको ‘छन शब्द’ बोलको गीतको भिडियो समेत निर्माण गरिएको छ। छिट्टै नै अरु नयाँ गीतहरु सार्वजनिक गर्दै जाने गीतकार तिम्सिनाले बताएका छन्। यस संग्रहका गीतहरु सुनेर प्रतिक्रिया दिन निर्माण समुहले संसारभरमा छरिएर रहेका नेपाली संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here