राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने काम धमाधम

0
1249

शिवसताक्षी ।

नेपालको नागरिकलाई जिम्मेवार बनाउन र विद्युतिय माध्यमबाट अपडेट गराउन नेपाल सरकारले राष्ट्रिय परिचय पत्र लागु गरेको छ । सोहि अनुरुप देश भरिका नागरिकले आफ्नो मातोहतमा पर्ने स्थानीय सरकारबाट राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने काम भइरहेको छ ।

झापाको १५ वटै स्थानीय तहमा हाल फोटो खिचाउने काम भइरहेको छ सोहि अनुरुप शिवसताक्षी नगरपालिकाले प्रत्येक वडामा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने काम गरिरहेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १ का अध्यक्ष सुवास राईले दिएको जानकारी अनुसार २०६८ सालको जनगणनाको तथ्याङक अनुसार ४ हजार ९ सय ३ जना जनसंख्या रहेको छ ।

उक्त वडामा हालसम्म २ हजार ९ सय ७८ जनाले राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचिसकेको बताएका छन् । त्यस्तै वडा नं. २ का वडा अध्यक्ष कुलबहादुर बस्नेतका अनुसार ५ हजार ४ जना जनसंख्या रहेकोमा हालसम्म ३ हजार १ सय ९० जनाले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचिसकेका छन् । त्यसैगरी वडा नं. ३ का अध्यक्ष पुण्यप्रसाद साप्कोटाका अनुसार ४ हजार १ सय ८४ जनसंख्या मध्ये हालसम्म ३ हजार ५ सय जनाले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचेका छन् ।

त्यस्तै वडा नं. ४ का अध्यक्ष अधिकचन ताजपुरियाका अनुसार उक्त वडामा ६ हजार ३ सय १८ जना जनसंख्या रहेकोमा हालसम्म ३ हजार ५ सय ४७ जनाले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचिसकेको बताइएको छ । त्यस्तै वडा नं. ५ का अध्यक्ष सत्यनारायण राजवंशीका अनुसार ४ हजार ४ सय ९० जनसंख्या मध्ये हालसम्म २ हजार ५ सय ६१ जनाले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचिसकेका छन् ।

त्यसैगरी वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार उक्त वडामा ५ हजार ७ सय ३७ जनसंख्या मध्ये ३ हजार एक सय जनाले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचिसकेका छन् ।

त्यस्तै वडा नं. ७ का अध्यक्ष नविन इजमका अनुसार ७ हजार ७ सय ८३ जनसंख्या मध्ये २ हजार ५ सय जनाले फोटो खिचिसकेका छन् भने वडा नं. ८ का अध्यक्ष केयरसिह बस्नेतका अनुसार ६ हजार ९ सय ६ जनसंख्या मध्ये २ हजार ७ सय ४५ जनाले फोटो खिचिसकेका छन् । त्यस्तै वडा नं. ९ का अध्यक्ष छविलाल पाठकका अनुसार उक्त वडामा ५ हजार ७ सय २२ जनसंख्या रहेकोमा हालसम्म ३ हजार ५ सय जनाले फोटो खिचाई सकेका छन् ।

त्यसैगरी वडा नं. १० का अध्यक्ष कर्णबहादुर थापाका अनुसार ५ हजार ६ सय एक जनसंख्या मध्ये हालसम्म ३ हजार एक सय १५ जनाले फोटो खिाचाई सकेका छन् । त्यसैगरी वडा नं. ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठका अनुसार उक्त वडामा ६ हजार ९ सय ४२ जनसंख्या मध्ये हालसम्म ४ हजार ९ सय जनाले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाई सकेका छन् ।

शिवसताक्षी नगरपालिकामा २०६८ को जनगणना अनुसार ६४ हजार ५ सय ९० जना जनसंख्या भएकोमा समचार तयार पार्दासम्म ३५ हजार ६ सय ३६ जना नागरिकले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाई सकेका छन् ।

नगरपालिकाका अनुसार छुटपुट रहेका केही नागरिकको लागि हालसम्म पनि फोटो खिचाउने काम भइरहेको बताइएको छ । बैदेशिक रोजगार, बसाइसराई, जागिरको शिलशिलामा बाहिर रहेका नागरिकहरु भने राष्ट्रिय परिचय पत्र खिच्नका लागि छुटिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here