गायक लोक पौडेलको ‘कस्तो लाग्यो तिमीलाई’ सार्वजनिक ( भिडियो )

0
1192

झापा ।

‘तिनपाते’ शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ( बले ) अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर,शब्द र संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ। यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन्।

नवविवाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमती प्रति आभार र प्रेम प्रकट गरेका छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here