लागूऔषध सहित चार जना पक्राउ

0
694

मोरङ।

मोरङको लेटाङ नगरपालिका–२ चिसाङ पुल छेउबाट लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साढे ९ बजे लेटाङ नगरपालिका–४ का २६ बर्षीय बिकेन राई, १६ बर्षीय शिशिर घिमिरे, २५ बर्षीय राज कुमार लिम्बु र लेटाङ नगरपालिका–३ की २२ बर्षीया अनु राईलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लागूऔषध फेनारामाईन २० ट्याब्लेट, फेनारागन २० ट्याब्लेट, लुपिजेसीक २० एम्पुल र डाईजेल्याव १९ एम्पुल बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here