चोरीको मोटरसाइकल चढ्ने दुई पक्राउ

0
634

काठमाडौँ, 

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले यहाँको सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका–१ देवीस्थानका राजन तामाङलाई आज पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईका अनुसार उनीहरु चढेको बा ९२ प ७६३० नंको मोटरसाइकल नक्कली भएको पाइएको छ । मोटरसाइकलको वास्तविक नम्बर भने प्रदेश ३–०२–०१२प ९८३५ रहेको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।

उक्त मोटरसाइकल गत वर्ष पुसमा काठमाडौँको सोह्रखुट्टेस्थित सडकबाट हराएको थियो । पर्सा ठोरी गाउँपालिका–९ बस्ने पूर्णबहादुर थापाले दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ । महाशाखाले चोरीको मोटरसाइकल खोजी अभियान तीव्र पारिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here