प्रचण्ड–नेपाल समूहद्धारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जना निलम्बन

0
614

काठमाडौं, 

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत आठ जनालाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ।

प्रदेश सभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सो समूहले ८ जनालाई निलम्बन गरेको हो। सो समूहले मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र बिमल कार्कीलाई निलम्बन गरेको छ।

प्रचण्ड–नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले हस्ताक्षर गरेको निलम्बन पत्रमा दलको बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरीत गतिविधिमा संलग्न रहेकाले नेकपाको संसदीय दलको विधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको उल्लेख ।

उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिव गोपालप्रसाद पराजुलीले जनाकारी दिए।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here