बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस

0
2278

बिर्तामोड ।

कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइँदैे छ ।

बिर्तामोडको सिटीसेन्टरमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित चौथो राष्ट्रिय भाक्का दिवस मनाइने भएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ दिवस मनाउँदै आएको उनले बताए ।

कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिबीच लोकप्रिय बनेपछि भाक्काको प्रवद्र्धन गर्न कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९ गते ‘राष्ट्रिय भाक्का दिवस’ मनाउन थालिएको अध्यक्ष राजवंशीले बताएका छन् ।

बिर्तामोडको सिटीसेन्टरमा बिहान ८ वजेदेखि हुने चौथो राष्ट्रिय भाक्का दिवसको कार्यक्रममा भाक्काको विभिन्न परिकार खुवाइनुका साथै कोच लोक साँस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन प्रदान गरिने उनले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here