मिक्लाजुङ गाउँपालिकाले एकपछि अर्को विकासको फड्को मार्दै

0
990

युद्धबहादुर बोहोरा
पाँचथर:

एक नगरपालिका सहित आठवटा गाउँपालिका रहेको पाँचथर जिल्लाका स्थानीय तह मध्ये मिक्लाजुङ गाउँपालिकाले निरन्तर विकासको फड्को मार्ने क्रममा छ ।

पछिल्लो समयमा कृषि पेशाको उच्च सम्मान गर्दै अनुदान तथा कृषकलाई प्रोत्साहन कार्यक्रमले देशभर चर्चा कमाएको यस पालिकाकाले सेवाग्राहीलाई सुशासनको प्रत्याभूति दिलाउँदै हरेक गतिविधिहरु सर्बत्र प्रसंशनिय बन्दै गएका छन् ।

“कृषि पर्यटन र पूर्वाधार विकास समृद्ध मिक्लाजुङ गाउँपालिकाकाे आधार ” भन्न मुलनारा सहित अघि बढेकाे यो गाउँपालिका जिल्लाकै नमूना पालिकाको रूपमा अग्रसर छ ।

यसै आर्थिक वर्षमा कृषि पेशालाई लक्षित गरि ‘कृषि अनुदान तथा कृषक प्रोत्साहन कार्यविधि-२०७७’ निमार्ण गरि उक्त कार्यक्रमलाई निरन्तरता दिइने पालिका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

यस पालिकाको मातहातमा २ सय ७५ रोपनी जग्गा रहेको छ ।उक्त जग्गा स्थानीय बासिन्दाले नि:शुल्क उपलब्ध गराएको पालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाका दीर्घकालीन र पालिका स्तरीय गौरवका योजना :

पालिकाले नि: शुल्क प्राप्त गरेको जग्गा मध्ये १२ रोपनी क्षेत्रफलमा लिफ्ट सहितको ३२ कोठे प्रशासकीय भवन निर्माणधिन अवस्थामा छ ।

संघीय सरकार समानीकरण अनुदान र प्रदेश सरकार समपुरक अनुदान तथा यस वर्ष संघीय सरकारबाट उपलब्ध एक करोड ३५ लाख रकम गरि जम्मा ५ करोड ९१ लाख रुपैयाँमा ३० महिना अवधिमा सम्पन्न गर्ने गरि सिद्ध बाबा निर्माण सेवा कम्पनीले ठेक्का लिएको भवन गत वर्ष मङ्सिर १८ गते पालिका अध्यक्ष माखिमद्वारा सिलन्यास गरि निर्माण थालिएको हो ।

रवि बजार देखि पाँच सय मिटर नजिक मुडेगाउँ भन्ने ठाँउमा बन्दै गरेको संरचना डिजाईन आर्क हिमालयन सर्भिसेस प्रालिले गरेको छ । दुबै तर्फबाट सिंढि रहको सुविधा सम्पन्न यस भवनको टपमा हेलिप्याड बन्ने अध्यक्ष माखिमले बताए । भवन मापदण्ड अनुसार नमूना बन्दै गरेको भएता पनि लक्ष्य अनुसार निर्माण कार्यको प्रगति भने सुस्त रहेको स्थानीय बासिन्दा बताउँछन् ।

जिल्लाकै दोस्रो ठुलो रवि बजारमा गत वर्ष देखि विद्युतको केन्द्रिय प्रसारणलाइन जडान भएको छ । केही वडाका क्षेत्र बाहेक अन्य ठाँउमा विद्युतको पहुँच पुगेको छ ।

इलाम जिल्ला संग जोडिएको यो बजार मानिसहरूको निकै चलपल हुने ठुलो व्यापारीक केन्द्र हो । बजार क्षेत्रलाई सुधारको लागि प्रदेश सरकारबाट प्राप्त ५ करोड ८१ लाख लागतमा बजारको आवश्यक क्षेत्रमा ८ देखि १७ मिटर सम्म फराकिलो जम्मा २७ सय मिटर लामो आरसिसि र कालोपत्र गरिपछि समग्र बजारको मुहार फेरिन्दै गएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले बताए ।

आठ वटा वडा भएको यस पालिकाको प्रत्येक वडाहरुमा सडक संजाल पुगेको छ । भौतिक संरचना अन्तर्गत ५ नम्बर वडा कार्यालय निर्माणधिन छ । १ नम्बरको शुरू हुनलागेको र २,४,६ र ८ नम्बरका वडा कार्यालय बन्ने तयारी भएको साथै ७ र ३ वडाका कार्यालय पुरानै संरचना भए पनि कार्यालय संचालन गर्न सकिने अवस्थामा छन् । प्रदेश सरकारको लगानीमा वडा नम्बर ६ को खान्द्रुङमा इलाका प्रहरी कार्यालय निमार्णको कार्य अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै,मिक्लाजुङको अर्को आकर्षण,पर्यटन क्षेत्रको विकास तथा प्रबर्द्धन गर्दै पालिकाको आर्थिक उन्नतिमा टेवा मिल्ने उदेश्यका साथ काम थालिएको छ । पर्यटन क्षेत्रको प्रबल संभावना भएको यस पालिकाको थामडाँडा स्थिति बेहुली ढुङ्गा नजिकै जडिबुट्टेमा गत ०७६ भदौ देखि बुद्धपार्कको निर्माणकार्य शुरु गरिएको र यसै आर्थिक वर्षमा सम्पन्न गरिने उपाध्यक्ष उर्मिला राईले बताइन् ।

काठमाडौंको नविन स्क्लपचरले तयार गरेको मुर्ति हाल पार्क जडान गर्ने काम भइरहेको छ । उनका अनुसार एक सय क्विन्टल तौल बराबरको पित्तल धातुद्वारा निर्मित नेपालकै सबैभन्दा ठुलो बुद्धको मुर्ति निमार्ण गर्न दुई करोड ७० लाख लगानी भएको हो । उक्त धातुको मुर्ति एशियामा ठुलो हुन सक्ने उनले दावी गरेकी छिन् । चारवटा सामुदायिक बनले उपलब्ध गराएको उक्त भू-भाग प्राकृतिक सौर्न्दर्यताले भरिपूर्ण छ ।

पालिकाको नाममा ७० किलोवाट क्षमताको नयाँ नुवाखोला डाेटे माइक्रो हाइड्रोपावर निर्माणधिन अवस्थामा छ ।
उक्त योजना सम्पन्न गर्न पालिकाको स्थानीय श्रोतबाट सिभिल तर्फ करिब ९१ लाख बराबरको लगानी र थप विद्युत प्राधिकरणले प्राविधिक र विद्युत सामाग्री उपलब्ध गराउने गरि सम्झौता गरि यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने पालिका कार्यालयले जनाएको छ ।

यसैगरी,गाउँपालिकाको नाममा २७ लाख लगानीमा ४२ रोपनी जग्गा खरिद गरि नमूना कृषि फार्म निर्माणधिन अवस्थामा छ । असला माछा पालन,बंङ्गुर पालन,उन्नत जातका बाख्रा (बयर),कुखुरा फार्म ,गाईपालनको लागि सुधारिएको गोठ,पक्की भवन,शौचालय,सिसि क्यामेरा जडान लगायतका संचालनमा छन्। थप संरचना निमार्णको लागि ३५ लाख रकम बराबरको ठेक्का पट्टाको आव्हान गरि जम्मा ६२ लाखमा नमूना कृषि फार्म सम्पन्न हुने अध्यक्ष माखिमले बताए । यो संगै निर्माण सम्पन्न भएको ठाँउमा गंगटा,झिङ्गे माछा र १२ हजार असला माछाका भुरा पोखरीमा लगाइएको छ ।

त्यस्तै , पालिकाको ८ रोपनी जग्गामा आवसिय भवन बन्ने क्रममा छ ।१५ रोपनी क्षेत्रमा चिडियाखाना निर्माणको लागि बन कार्यालयबाट स्वीकृत लिइ काम अघि बढाउने योजना रहेको उनले बताए ।

१५ शैयाको अस्पताल,आँखा अस्पताल,अतिथि सभागृह, स्वास्थ्य केन्द्र,कृषि थोक,बसपार्क,कवर्ड हल,डम्पिङ साइड, चिस्यान केन्द्र, खेलमैदान,कृषिहाट,पशु बजार,बधशाला,कृषि भवन,खानेपानीका काम,सिँचाइ कुलोका योजना,नापी तथा मालपोत कार्यालयहरु लगायत कुनै धमाधम पूर्वाधार निर्माणको काम भइरहेको छ भने केहि सम्पन्न भएका छन् । कुनै तत्काल शुरु हुने प्रक्रिया रहेको साथै केहि योजनाहरु बजेट सुनिश्चितता हुन बाँकी रहेकोेले काम रोकिएको माखिमले जानकारी दिए ।

पालिका समृद्ध बन्ने आधार मध्ये बुद्धपार्क आउने आन्तरिक तथा वाह्य पर्यटकबाट वार्षिक रु. ५० लाख आम्दानी हुने लक्ष्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here