बिर्तामोडमा ग्रेस ज्वेलर्स सञ्चालनमा

0
1285

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको बिर्तामोडमा ग्रेस ज्वेलर्स सञ्चालनमा आएको छ ।

सुनचाँदी व्यवसायी राजु रुचाल र सरीता राईले बिर्तामोडको हिकोला रोडमा ग्रेस ज्वेलर्स सञ्चालनमा ल्याएका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजकुमार गुप्तालगायतले ग्रेस ज्वेलर्सको उद्घाटन गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, महासचिव प्रशान्त भण्डारी, नेपाल सुनचाँदी व्यवसायी संघ झापा अध्यक्ष गुप्ता , छठ समाज सेवा समितिका महासचिव तथा व्यवसायी मनोज रौनीयार , व्यवसायी पवन शर्मालगायतले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

ग्रेस ज्वेलर्समा आधुनिक डिजाइनको सुनचाँदीको गरगहना ग्यारेन्टीका साथ अर्डर बमोजिम तयार गरी खरिद –विक्री गरिने सञ्चालक राजु रुचालले बताए । उद्घाटनको अवसरमा ५० प्रतिशत ज्यालामा छुट गरिएको उनले बताए ।

कार्यक्रमको सञ्चालन व्यवसायी मोहन अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here