इस्टुको माग सम्बोधन गर्दै ५ संस्थापकको ऐकेबद्धता

0
656

भद्रपुर।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले उठाएका माग सम्बोधन गर्दै ऐकेबद्धता जनाएर नगर क्षेत्रका ५ वटा विद्यालयका सञ्चालकले सहमती गरेका छन् ।

युनियनले उठाएको पारिश्रमिक भुक्तानीको माग सम्बोधन गर्दै भद्रपुर ६ मा रहेको डोल्मामेमोरियल इंलिस स्कुलका संस्थापक÷ प्रिन्सिपल अरूण बस्नेत, मोर्डन अंग्रेजी माविका संस्थापक÷ प्रिन्सिपल मंगल थापा मगर, ब्राइट स्टार अंग्रेजी माविका संस्थापक प्रिन्सिपल रत्नबहादुर गिरी, भद्रपुर ७ स्थित हिमालयन अंग्रेजी माविका संस्थापक÷ प्रिन्सिपल सुरज सापकोटा र भद्र्रपुर २ स्थित शिखर शिशुसदनका संस्थापक÷ प्रिन्सिपल प्रज्वल खड्काले ऐकेबद्धता जनाएका हुन् ।

पहलो चरणमा २०७७ मंसीरसम्मको शिक्षक कर्मचारीको पारिश्रमिक भुक्तानी गरेर इस्टुको पहिलो माग सम्बोधन गरेका हुन् । उनीहरूले अन्य माग पनि क्रमश पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

इस्टु संघर्ष समितिका संयोजक विदुर ढुंगानाको नेतृत्वमा रहेको भद्रपुर नगर संघर्ष समितिसित सहमती गर्दै सो समूहले विद्यालय शान्ति क्षेत्र निर्माण गर्न सवै संस्थापक प्रिन्सिपलसित आग्रह समेत गरेको छ ।

मैदानमा गएर दोहोरो भिडन्त गर्दा विद्यालय सञ्चालक तथा शिक्षक कर्मचारीको जीत नहुने हुँदा हार्ने खेलमा नलाग्न अनुरोध गर्दै हिमालयन इंलिस स्कुलका प्रिन्सिपल सुरज सापकोटाले विद्यालय बन्द हुने वातावरण निर्माण अन्त्य गर्न सञ्चालकहरूको पहिलो दायित्व हुने धारणा राखेका थिए ।

यस्तै ब्राइट स्टार इंलिस स्कुलका संस्थापक/प्रिन्सिपल रत्नबहादुर गिरीले नियमित पारिश्रमिक भुक्तानी गर्ने विद्यालय बन्द नगर्न अनुरोध गर्दै आफूलाई ठूला भन्ने र पारिश्रमिक रोकेर विवाद बढाउने बिद्यालय सधैंका लागि बन्द भए पनि आपत्ति नहुने धारणा राखे ।

विद्यालय सञ्चालकहरुले औपचारिक रूपमा विद्यालय सञ्चालन सुरू भएयता पनि पूर्ण पारिश्रमिक नदिएपछि इस्टुले माघ ५ गतेबाट भद्रपुर नगर क्षेत्रका विद्यालय बन्दको घोषणा गरेर आन्दोलित भए पनि प्याब्सन÷एन प्याब्सन नेतृत्व पारिश्रमिक भुक्तानीको वातावरण निर्माणमा लाग्नुको सट्टा शिक्षक कर्मचारी दमनको बाटोमा लागेर मुडभेड तर्फ बढेपछि ५ वटा विद्यालयका संस्थापक/प्रिन्सिपल विवाद समाधानको विकल्पमा जुटेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here