सुबोधिनीमा भूकम्प सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम

0
511

दुहागढी ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा झापा दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा भूकम्प सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको बाल क्लब र जुनियर रेडक्रस सर्कलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि गर्नु पर्ने पूर्वतयारी र भूकम्पिय जोखिमबाट बच्ने उपायका बारेमा विद्यालयका प्रधानाध्यापक एवम् रेडक्रसकर्मी विश्व थापाले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई भूकम्पबाट जोगिन विद्यालय र घरभित्र रहँदा अपनाइने प्रभावकारी उपाय “घुँडा टेकी गुडुल्की ओत लागी समात” (डक कभर होल्ड) को सामुहिक अभ्यास समेत गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here