कुलदीपको स्मृति दिवसमा श्रष्टालाई सम्मान

0
1096

बिर्तामोड ।

कुलदीप राजवंशी स्मृति कला प्रतिष्ठान झापाले यस वर्ष प्राज्ञ सभासदस्य सरोजा खड्गी र वरिष्ठ संगीतकार बलराम राजवंशीलाई सम्मान गर्ने भएको छ ।

माघ ४ गते आइतवार प्रतिष्ठानको १०औं स्मृति दिवसको अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदेश १ बाट पहिलो महिला प्राज्ञ सदस्य मनोनित हुने मोरङ पथरी शनिश्चरे नगरपालिका निवासी खड्गी र गौरीगञ्ज गाउँपालिका निवासी संगीतकार राजवंशीलाई सम्मान गर्न लागेको हो ।

प्रतिष्ठानले स्मृति दिवसका अवसरमा हरेक वर्ष दुई÷दुई जनालाई सम्मान गर्दै आएको छ । कला र साहित्यका क्षेत्रमा कलम चलाउनेलाई यसअघि प्रतिष्ठानले सम्मान गर्दै आएको थियो ।

यसअघि स्व. गोकुलप्रसाद राजवंशी, हिम्मत नेम्वाङ, श्यामप्रसाद डाङ्ग्रा, विष्णु पौडेल, प्राज्ञ परिषद् सदस्य एसी सुमन, मुनराज सेर्मा, छितेन सेर्पा, हेमन्ता भण्डारी, केशव आचार्य, लीला अनमोल, गणेश निरौला, टीका भट्टराई नेपाल, लखन राजवंशी, प्रियङ्का शर्मा, ज्ञानु राजवंशीलाई सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष पवन राजवंशीले जानकारी दिए ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री धर्मशीला चापागाँईको प्रमुख आतिथ्यमा यस वर्ष प्रतिष्ठानले हरेक साल झैं आफ्नै निवासमा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा श्रष्टालाई सम्मान गर्न लागेको हो ।

झापाको कनकाई नगरपालिका–९ घैलाडुव्वा निवासी कुलदीप नाट्य क्षेत्रमा रुची राख्ने र साहित्यका माध्यमबाट समाज परिर्वतन गर्ने एक अभियन्ता थिए । २००२ सालमा जन्मिएका राजवंशीको २०३८ साल माघ १ गते निधन भभएको थियो । राजवंशी समुदायमा हुर्किएका कुलदीप संगीतप्रेमी समेत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here