बाह्रदशीमा सिटी वजाएर सरकारको विरोध

0
927

झापा, 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलित बनेको नेपाली कांग्रेसले आज देशै भर प्रर्दशन गरेको छ ।


नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तरगत देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गरेको हो ।
सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले सबै स्थानीय तहमा आज विरोध प्रर्दशन गरेका हुन् ।


नेपाली कांग्रेस बाह्रदशीले पनि वाह्रदशी गाउँपालिकामा आज विरोध प्रर्दशन गरेको छ । गाउँपालिका परिसरमा नेपाली कांग्रेसले सिटी जुलुस निकालेर प्रर्दशन गरेका थिए ।


वाह्रदशी गाउँपालिका सभापति ओमप्रकाश गौतमको अगुवाइमा निकालिएको विरोध सभामा वाह्रदशी गाउँपालिकाका अध्यक्ष तथा पार्टीका महाधिवेशन प्रतिनिधि खड्गप्रसाद राजवंशीले वोलेका थिए ।
पार्टीका जिल्ला सदस्य तथा पर्यटन विभाग प्रमुख रामप्रसाद दुलालले स्वागत गरेको नेपाली कांग्रेस पर्यटन विभाग जिल्ला सदस्य लक्ष्मी निरौला अधिकारीले जानकारी दिइन ।
यसअघि नेपाली कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here