सरकारका असंबैधानिक कदम विरुद्ध दमकमा कांग्रेसको प्रदर्शनसहित सभा

0
1092

दमक,

सरकारको असंबैधानिक कदम र भ्रष्टाचारका विरुद्ध नेपाली कांग्रेसले आज देशभरका पालिकाहरुमा पालिकास्तरिय विरोध कार्यक्रम गरिरहेको छ । सो क्रममा कांग्रेस दमक नगर समितिले पार्टी कार्यालयबाट शुरु गरेको सांकेतिक रेलसहितको विरोध प्रदर्शनमा नगरस्थित पार्टी नेता कार्यकर्ता, भातृ संगठन र शुभेच्छुकहरु उल्लेख्य संख्यामा सहभागी थिए ।

प्रदर्शनपछि दमक चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले केपी ओली नेतृत्वको वर्तमान कम्युििनष्ट सरकार एकपछि अर्को असंबैधानिक कदम चाल्न उद्धत रहेकाले जनताका अधिकारहरु कुण्ठित हुनका साथै लोकतान्त्रिक व्यवस्थान खतरामा पर्र्दै गएको टिप्पणी गरे । सभामा नेपाली कांग्रेसका युवा नेता तथा नपाल तरुण दलका पुर्व उपाध्यक्ष मेदनी प्रसाद सिटौलाले ओली नेतृत्वको वर्तमान सरकारले संविधानमा नभएको अधिकार प्रयोग गरेर व्यवस्थापिक संसदको असमयमै अवसान गराएको जिकिर गरे ।

उनले भने – संसद विघटनको यो कदम चाल्ने अधिकार संसदलाई नै छ कार्यपालिकालाई होइन । इतिहासमा कहिलेकंही यस्तो दुखद अवस्था आएको स्मरण गर्दै त्यसलाई सच्याउन र संविधानको रक्षा गर्ने काममा न्यायपालिकालाई कांग्रेसले विश्वास गरेको उनको भनाई थियो । नेता सिटौलाले यो सरकार आम उत्पीडित महिला, श्रमिक, युवा बिद्यार्थी वर्गको अधिकारका विरुद्ध रहेकोले यसका विरुद्ध आम नागरिकहरु सडकमा आन्दोलनको मोर्चामा होमिन परेको उनको कथन थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाका भनाईहरुलाई लिएर आन्दोलनका बिषयमा उत्पन्न भएका केही द्धिविधाहरुलाई स्पष्ट पार्दै युवा नेता सिटौलाले पार्टी सभापति र आम कांग्रेसजनले न्यायपालिकामाथि विश्वास मात्रै गरेको बताए । स्वतन्त्र न्यायपालिकाले यो संविधानको रक्षाका लागि स्वतन्त्रतापुर्वक आफनो जिम्मेवारी निर्वाह गर्नपर्ने उनको धारणा थियो ।

संसद पुनस्र्थापना गरेर असंबैधानिक कदम सच्चिएपछि कांग्रेस अग्रपक्तिंमा उभिएर निर्वाचनमा होमिने उनले स्पष्ट पारे । तर ओली सरकारले निर्वाचन गराउन नभई सर्वसत्तावाद लादनका निमित्त पछिल्ला कदमहरु चालिरहेको भन्दै उनले त्यसलाई नसच्याए आन्दोलनको थप आधिबेरी ल्याउने उदघोष गरे ।

कांग्रेस झापाका पुर्व सभापति पुर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको सभामा कांग्रेस विधि र नितान्तमा अडिग रहेको नेता शर्माले उल्लेख गरे । सो अवसरमा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि रेगिना भट्टराई, नगर सभापति रोशन विष्ट लगायतले पनि धारणा राखेका थिए । सो विरोध कार्यक्रम संयोजक तथा पार्टीका नगर सचिव प्रकाश प्रसाइँले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here