लक्ष्मीपुर ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले कृषकलाई विमा रकम प्रदान गरेको छ ।
संस्थाले शनिवार लक्ष्मीपुर सेवा केन्द्रमा ३ जना संस्थाका सदस्य तथा कृषकलाई बाख्रा विमा कार्यक्रम वापतको रकम हस्तान्तरण गरेको हो ।
लक्ष्मीपुर सेवा केन्द्र सहयोग समिति संयोजक केदारशम्सेर गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिका वडा नं. ८ का अध्यक्ष प्रेमबहादुर कटुवालको प्रमुख आतिथ्यतामा उनीहरुलाई विमा रकम प्रदान गरिएको थियो ।

कृषक दीपक चम्लाईलाई १३ हजार ५ सय, दिलमाया नेपाललाई ९ हजार र प्रेमबहादुर बस्नेतलाई १३ हजार ५ सय रुपैयाँ गरी जम्मा ३६ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो । शिखर इन्स्योरेन्सको सहयोगमा कृषकले जती बाख्राको मूल्य तोकेर विमा गरेको छ मृत्यु भएमा त्यसको ९० प्रतिशत रकम कृषकलाई फिर्ता गरिएको सेवा केन्द्र प्रमुख उमेश भारतीले बताए ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सेवा केन्द्र प्रमुख उमेश भारतीले पारेको कार्यक्रममा संस्थाका अनुगमन अधिकृत घनश्याम राय, कृषक दीपक चम्लागाई, पतञ्जली योग शिविर प्रमुख रुद्रप्रसाद ओलीलगायतले आ–आफ्नो भनाई प्ररस्तुत गरेको थिए । कार्यक्रमको सञ्चालन सेवा केन्द्रका कर्मचारी खगेन्द्र निरौलाले गरेका थिए ।






























