उपसम्पादक तुलसीप्रसाद निरौलासहित सात जना सम्मानित

0
1019

बिर्तामोड । पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलासहित सात जनालाई बिर्तामोडमा सम्मान गरिएको छ ।

 

बिर्तामोड उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभाको उद्घाटन सत्रमा उपसम्पादक निरौलासहित सात जनालाई सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमद्वारा संघको गतिविधीलाई आम नागरिकमा पुर्याउन निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै उजागर गरेको भन्दै उपसम्पादक निरौलालाई सम्मान गरिएको हो ।

 सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रीका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल , बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यलगायतले दोसल्ला , नगद र सम्मान पत्र प्रदान गरेका थिए ।

सोही कार्यक्रममा पत्रकारिताको माध्यमद्वारा संघको गतिविधीलाई उजागर गरेको भन्दै विवेचना दैनिकका सम्पादक तथा एपीवान टेलिभिजनका व्युरो प्रमुख सुव्रत न्यौपाने र , विर्तामोडको फोहोर व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सामाजिक अभियन्ता विष्णुप्रसाद आचार्यलाई सम्मान गरिएको थियो । पत्रकार निरौला, न्यौपाने र आचार्यलाई जनही नगद ११ हजार रुपैयाँ प्रदान गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्बाचित उमेश डालमिया ,नरेन्द्र खड्का , नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नं.१ को अध्यक्षमा निर्वाचित टीकाराज ढकाल , सदस्यमा निर्वाचित भुपालराज कटुवाललाई सम्मान गरिएको थियो । उनीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य सञ्जीव घिमिरेले जानकारी दिए ।

सम्मानित तथा पुरस्कृतलाई सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्रीका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, विशेष अतिथि स.विधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, विर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे, नेकपा नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाई सहितले दोसल्ला, सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here