कृषि थोकमा ९ वर्षपछि ९ सदस्यीय नयाँ नेतृत्व: पौडेलको हातमा कृषिथोक वजार

0
656

 

झापा, 

लामो समयसम्म नेतृत्व विहिन बनेको बिर्तामोडस्थित कृषिथोक बजारले नयाँ व्यवस्थापन समिति पाएको छ ।
हालै सम्पन्न निर्वाचनबाट व्यवस्थापन समितिको अध्यक्षमा कमल पौडेलसहितका पदाधिकारी निर्वाचित भएसंगै कृषि थोक वजारले नयाँ नेतृत्व पाएको हो । झण्डै १० वर्षसम्म कृषि थोक वजार व्यवस्थापन समिति विहिन थियो ।
आगामी तीन वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा नौ सदस्यीय कृषिथोक बजार व्यवस्थापन समिति निर्वाचित भएसंगै सोमवार सो समितिले पदभार ग्रहण गरेको छ ।


बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच नयाँ नेतृत्वले पदभार ग्रहण गरेको हो । बीरेन्द्रराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमकाबीच समितिका पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।


गत पुस २४ गते पहिलो चरण कृषक तर्फको निर्वाचनमा झापाका आठ वटा स्थानीय तहका पाँच–पाँच जना गरी कूल ४० जना मतदाता रहेकोमा ३९ मत खसेको थियो । जसमध्ये दुई मत वदर भएको थियो ।
उक्त निर्वाचनबाट तीन जना कृषक प्रतिनिधि छनौट भएका थिए । जसमा बिर्तामोडका कमल पौडेल, कनकाई नगरपालिकाका हरि सिलवाल र अर्जुनधाराकी वृन्दा लुइँटेल विजयी भएकी थिइन् ।


व्यापारी तर्फ दुई सय ५६ मतमध्ये दुई सय ४३ मत खसेको थियो खसेको मत मध्ये, चार मत वदर भएको थियो । व्यापारी तर्फको दोश्रो चरणको निर्वाचनबाट व्यापारी प्रतिनिधि खगेन्द्र महतो, ज्योति चुडाल (पार्वती) धर्मप्रसाद बराल छनौट भएका थिए ।
निर्वाचित प्रतिनिधि मध्येबाट सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था अनुरुप सहमति अनुसार कमल पौडेल सर्वसहमत अध्यक्ष पदमा निर्वाचित भएका थिए ।


बजार सञ्चालक समितिमा कृषक र व्यापारीतर्फका छ जना, सम्बन्धित वडाका अध्यक्ष पदेन सदस्य त्यसैगरी कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ एकजना पदेन सदस्य र जिल्ला समन्वय समितिबाट मनोनित उपभोक्तातर्फबाट एकजना सदस्य गरी कूल नौ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था रहेको प्रमुख निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए ।


बिर्तामोड नगरपालिका ५ का वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले स्वागत गरेको कार्यक्रममा कृषि थोक वजारका संस्थापक अध्यक्ष हर्कलाल गिरीलाई सम्मान समेत गरिएको थियो । सो कार्यक्रममा सम्मानित व्यक्तित्व गिरी सहित नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाई, नेपाली काग्रेसका तर्फबाट दिपक तामाङ,लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन कृषि ज्ञान केन्द्र झापाका सालिकराम भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here