नवनिर्वाचित पदाधिकारीद्धारा मातृ भाग्यरेखाको कार्यभार ग्रहण

0
998

झापा ।

झापाको बिर्तामोड–१ मा रहेको मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थामा निर्वाचित नयाँ कार्यसमितिले कार्यभर ग्रहण गरेको छ ।

नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले बुधबार सपथ ग्रहण गर्दै मातृ भाग्यरेखा साकोसको नेतृत्व ग्रहण गरेका हुन् ।

निर्वाचन समितिका संयोजक डिल्लीप्रसाद दहालका अनुसार सहकारीको अध्यक्षमा टंकप्रसाद दवाडी, उपाध्यक्षमा बद्री प्रसाई, सचिवमा नैनाकला भट्टराई र कोषध्यक्षमा दिनेश सिटौला रहेका छन् ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी ओडारी, माया प्रधान, गोमा पाठक, मैंया उप्रेती, मिनाकुमारी पठक, दिब्यराज ढकाल र किशोर दाहाल रहेका छन् । सहकारीको लेखा संयोजकमा सोमनाथ निरौला र सदस्यमा रमा खनाल निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारीहरुले शुभकामना दिदैं संस्थापक एवम् निर्वमान अध्यक्ष खड्गप्रसाद दाहालले संस्थाको गरिमालाई अझ उचाईमा पु¥याउन आग्रह गरे । कार्यभार सम्हाल्दै नवनिर्वाचित अध्यक्ष अध्यक्ष दवाडीले सहकारीको विकासका लागि सामूहिक नेतृत्व गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले संस्थालाई अझ मजबुद बनाएर लैजाने उल्लेख गरे । आफ्नो चार वर्षे कार्यकालमा साधारणसभाबाट पाएको म्यान्डेट अनुसार अघि बढ्ने उनको भनाई छ ।

कार्यक्रममा निर्वाचन संयोजक डिल्लीप्रसाद दाहाल सदस्यहर रुद्र नेपाल र श्रीप्रसाद खरेललाई मायाको चिनो प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here