बुधबारे।

आफ्नो जन्मदिनको अवसर पारेर बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईकी धर्मपत्नि जमुनादेवी चापागाईले बुधबारे जेसीजले थालेको लागुऔषध विरुद्धको अभियान सफल बनाउन रु २५ हजार रुपैँया सहयोग गरेकि छिन् ।
उनले आफ्नो जन्मदिनमा सामाजिक दायित्व बनेको लागुऔषध तथा दुव्र्यसनी विरुद्धको अभियानमा सहयोग गरेको बताउँदै लागुऔषधले युवा पुस्तामा नराम्रो असर पर्ने हुँदा त्यस तर्फ सचेत बन्न सम्पूर्ण युवालाई आव्हान गर्दै सम्भ समाज निर्माणमा थोरै भएपनि सहयोग गरेको चापागाईले बताइन् ।
उनले प्रदान गरेको चेक उनका श्रीमान् बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेलाई प्रदान गरेका थिए ।
आप्mनो जन्मदिनमा बुधबारे जेसीजको अभियान सफल बनाउन आर्थिक सहयोग गर्नुहुने उहाँलाई बुधबारे जेसीजको तर्फबाट अध्यक्ष अनिल वाग्लेले धन्यवाद व्यक्त गरेका छन् ।































