झापा,
सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहको १९ औं स्मृति दिवस आज झापाको बिर्तामोडमा मनाइएको छ ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र झापाले अधिकार पहिचानको संर्घष र गजेन्द्र नारायण सिंह विषयक अन्तरक्रिया सहित स्मृति दिवस मनाएको हो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वनाथ सिंह राजवंशीको प्रमुख आतिथ्य र स्मृति प्रतिष्ठानका संयोजक सूर्यनारायण गणेशको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
पार्टीका जिल्ला उपसभापति सन्तोष कुमार गणेशले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य भगीरथ पोद्दार, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया, जनमुक्ति पार्टीका अध्यक्ष भवानी सेलिङ्, जनता समाजवादी पार्टीका झापा अध्यक्षद्वय दिपीनवाला राई र अनुतसिंह राजवंशी, पार्टीकी जिल्ला उपसभापति संगीता रौनियार, युवा प्रदेश संयोजक रोशन लिम्बू लगायतले बोलेका थिए ।
कार्यक्रमकै बीच सद्भावान पार्टीका संस्थापक झापा अध्यक्ष कामेश्वर दत्तलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन पार्टीका प्रदेश सदस्य सज्जनकुमार वंशलले गरेका थिए ।































