भीरबाट लडेर वडा सदस्यको मृत्यु

0
437

खोटाङ।

खोटाङको साकेला–२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्नप्रसाद फुयलको भीरबाट लडेर मृत्यु भएको छ ।

शनिवार साँझ आफ्नो घरबाट साकेला–२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भीरबाट लडेर अन्दाजी तीन सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here