तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
नेवाः पासा मुना पुचः को भातृ संगठन नेवाः ल्याम्ह पुचः को आयोजनामा रक्तदान तथा सियोना श्रेष्ठ बचाउ अभियान कार्यक्रम सम्पन्न भएको छ ।

नेवाः ल्याम्ह पुचःको गठन भएसंगै पहिलो पटक आयोजना गरिएको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा इन्द्रेणी ब्यांकेटका सञ्चालक तथा रक्तदाता दिपेश बैधले ८१ औं पटक रक्तदान गरेको बताइएको छ ।

नेवाः ल्याम्ह पुचःका अध्यक्ष गम्भीररत्न शाक्यको अध्यक्षता तथा नेवाः पासा मुना पुचः बिर्तामोड नगर अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेवाः ल्याम्ह पुचःकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक विनिता श्रेष्ठले स्वागतसहित औचित्यमाथी प्रकाश पारेकी थिइन् ।

सोही कार्यक्रममा सियोना श्रेष्ठ बचाउ अभियान कार्यक्रम अन्तर्गत आठ हजार चार सय रुपैयाँ संकलन भएको बताइएको छ । कार्यक्रमको सञ्चालन नेवाः ल्याम्ह पुचःका सचिव सुमित श्रेष्ठले गरेका थिए ।































