बुधबारे जेसीजद्धारा ‘आहा स्कूल’कार्यक्रम शूरु

0
1437

बुधबारे।

बुधबारे जेसीजले विद्यालय र विद्यार्थी लक्षित कार्यक्रम ‘आहा स्कुल’को आइतबार सुभारम्भ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलाले ‘आहा स्कुल, जहाँ म पढ्न मात्र होइन अघि बढ्न आएको हो । यहाँ भगवान रुपी गुरुहरु हुनुहुन्छ, जस्लाई मैले मात्र होइन मेरा अभिभावकले पनि विश्वास गर्नु भएको छ ।’ भन्ने वोर्ड बाचन गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।

बुद्धशान्ति १ को बुद्धआदर्श माविमा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको उक्त कार्यक्रम सुभारम्भ पछि बुद्धशान्ति गाउँपालिकाका ३३ वटा सामुदायिक तथा संस्थागत विद्यालयका अपिसमा विद्यार्थीको आशा अभिभावकको भरोसा समेटिएको बोर्ड राख्ने कार्य भएको छ । केहि विद्यालय बाहेक सम्पूर्ण विद्यालयमा एकै दिन बोर्ड राख्ने कार्यक्रम सम्पन्न भएको हो ।

‘आहा स्कुल’ सुभारम्भ कार्यक्रममा प्रमुख अतिथि निरौलाले युवा सर्कलबाट विद्यालय लक्षित कार्यक्रममा यति धेरै चासो आपूmले पहिलो चोटि पाएको प्रतिकृया दिँदै अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आपूm र आप्mनो कार्यालयको तर्फबाट गर्नुपर्ने साथ सहयोग रहने बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथि बुद्धशान्ति प्याव्सनका अध्यक्ष विष्णु सापकोटाले अभियान उत्कृष्ट रहेको बताउनु भयो । विद्यालय र शिक्षक प्रति साँच्चै नै विद्यार्थीले धेरै आशा र अभिभावकले ठूलो भरोसा गरेको बताउनु भयो । उहाँले जेसीजको सो अभियान सफल बनाउन प्याव्सनले साथ दिने बताउनु भयो । त्यस्तै बुद्धआदर्श माविका प्रधानाध्यापक कृष्णराज भण्डारीले जेसीजले थालेको यस कार्यले ठूलो महत्व राखेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष वाग्लेले आहा स्कुल कार्यक्रममा विद्यालय, शिक्षक र विद्यार्थी लक्षित कार्यक्रम वर्षभरी हुने जानकारी दिनुभयो । कार्यक्रममा प्याव्सन झापाका कोषाध्यक्ष छत्रबहादुर कार्की,बुद्धआदर्श माविका सहायक प्रधानाध्यापक मुनाराज शेर्मा, बुधबारे जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, शिक्षकशिक्षिका, सञ्चारकर्मी, जेसीज पदाधिकारीको आतिथ्यता थियो ।

बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ योङहाङले आस्था बाचन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संयोजक दिपेन सिटौलाले राख्नु भएको थियो । कार्यक्रम महासचिव सुजित बरालले सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here