आकृति तिम्सिना
झापा ,

शिवसताक्षी नगरापलिका झापाको धार्मिक तथा पर्यटन क्षेत्रको गन्तव्य स्थान हो । जसलाई नेपाल सरकारले त्रिधामको अवधारणामा धार्मिक तथा पर्याटन क्षेत्रको रुपमा सूचिकृत गरिसकेको छ । तर, उक्त क्षेत्रहरुमा सरकारी पक्षको पत्यक्ष लगानी हुन नसक्दा ओझेल पर्दै गइरहेको छ ।
सताक्षीधाम धार्मिक तथा पुरातात्विक महत्व बोकेको धाम हो । उक्त क्षेत्रसम्म पुग्न अझैपनि यातायात सडकको पर्याप्त पहुँच पुग्न सकेको छैन् । यसले पर्याटन प्रर्वधनलाई ठाडो चुनौति दिइरहेको छ । धार्मिक तथा पर्याटन क्षेत्रमा बिजुली ,खानेपानि ,सडक शौचालय अतिआवश्यक संरचनाहरु हुन । यो सबैको अभावका बावजुद सताक्षीधाम गुज्ररिहेको छ । यद्धपी सताक्षीधामलाई गौशालाको रुपमा विकास भने गरिएको पाइएको छ । उक्त क्षेत्रमा ६ प्रजातिको तीन सय ४० वटा गाई तथा गोरु रहेका छन् ।

देश तथा विदेशबाट भित्राइएको विभिन्न प्रजातिका गाईगोरु मध्य हाल उक्त क्षेत्रमा हिमाली ,गिरनार,साइबाल ,हरियाणा,थारपार्कर ,गिर प्रजातिका गाईहरु रहेका छन् । गौलोक गोर्वधन गौशाला सञ्चालक समितिले संरक्षण गर्दै आएको उक्त गौशालामा गाईहरुबाटै उत्पादन भएका गौ अर्क ,गौमूत्र फिनायल, गोकाष्ट, श्रीसताक्षी पेय जडिवुटी, दही, दुध, ध्यु, गोबर, गोबरबाट उत्पादित साबुन ,दियो,स्याम्पु , गोबरबाट निर्मित विभिन्न मुर्तिहरु ,पञ्चगव्य ध्यु,लवण भाष्कर चूर्ण,त्रिफला चूर्ण ,हिगाष्टक चूर्ण ,विभिन्न हवन सामाग्रिहरु ,लगायतका औषधीजन्य सामाग्रीहरु उत्पादन भईरहेको गोलोक गोर्बधन गौशालाका अध्यक्ष महाराज नन्दकिशोर भारद्धाजले बताएका छन् ।
उनका अनुसार गौशालामा रहेका गाईगोरुको व्यवस्थापनमा ४० प्रतिशत खर्चपूर्ति गरेको छ । उक्त गौशालामा १४ वटा गाई दुहुना रहेको बताइएको छ । गाई व्यवस्थापनका लागि १५ जना कर्मचारी रहेका छन भने २५ जना ,वेदवेदान्त विद्यार्थीहरु रहेका छन् । गाई व्यवस्थापनमा पहिलेको भन्दा केहि सहज भएतापनि खर्च अभावका कारण गाईलाई सहि व्यवस्थापन गर्न सकिएको छैन ।
हामीले सयवटा गोरुलाई गोठ निर्माणका लागि विभिन्न निकायमा सहयोगको अपेक्षा गरेका छौ ,महाराज भारद्धाजले भने । उनका अनुसार व्यवारिसे गाईलाई प्रहरीले गौशालामा ल्याएर जिम्मा दिने गरेका बताए । साथै दुध दिन छाडेका गाई ,जोत्न नसक्ने गोरुहरु समेत यहाँ ल्याएर बुझाउने भएकाले घाँस व्यवस्थापनमा असहज भएको उनको तर्क छ ।































