झिलझिलेमा युङ्गी क्याफे एण्ड बार सञ्चालनमा

0
826

आकृती तिम्सीना,झिलझिले ।

युङ्गी क्याफे एण्ड बारले आईतबारबाट औपचारिक रुपमा आफ्नो व्यवसाय सुरु गरेको छ । शिवसताक्षी –८ स्थित बुद्ध चौक झिलझिलेमा व्यवसायको औपचारिक उद्धाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले सञ्चालक तुलाराम बोखिमलाई रोजगारीको श्रृर्जना गरेर नगरले गर्ने काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । उनले नगरमै ठूलो लगानीमा व्यवसाय सञ्चालन गरेको भन्र्दै व्यवसायलाई अझ व्यवस्थित बनाउन बहु–साँकृतिक संरचना निर्माण गर्न सुझाएका छन् ।

उनले यस्ता ठूला व्यवसायीहरुलाई नगरले सहयोग गर्दै आएको स्मरण गराउदै नयाँ योजनाका साथ व्यवसाय गर्न चाहेमा नगरले सहयोग समेत गर्ने बताए । कार्यक्रममा त्यतिबेलाका चर्चित गायक सिताराम ताजपुरिया जसले गौरादहको बजारैमा माया हाम्रो बस्यो ,कसो गरी भुल्ने होला मन उडी गयो बोलको गीत गाएर चर्चामा आएका थिए ।

शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोला मैनाली , गणेशमान प्रतिष्ठानका अध्यक्ष सन्तोसकुमार मेयाङबो ,सामूदायिक प्रहरीका नगर अध्यक्ष छत्रबाबु ओझा , मैनाचुली सामूदायिक वनका अध्यक्ष भिम कार्की ,किरात याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जबेगु,दोमुखा पर्याटन र्बोडका सचिव धनकुमार ढकाल,पशुपति एकाडमीका प्रधानाध्यपक चन्द्रप्रसाद खनाल,लायन्स क्लब अफ शिवसताक्षीका पुर्व प्रेसिडेन्ट यामनाथ काफ्ले,स्थानीय समाजसेवीहरु चन्द्रबिर नेम्बाङ,रतन थिङलाबो ,भीम नेम्बाङलगायतको मन्तव्य राखेका थिए ।

मेयर शेर्मा र गायक ताजपुरियाले रिवन काटेर संयुक्त रुपमा बारको उद्घाटन गरेका थिए । युङ्गि क्याफे एण्ड बारका सञ्चालक तुलाराम बोखिमका अनुसार उद्घाटन सत्रको साझमा भोइस अफ नेपाल सिजन २ का बिजेता राम लिम्बूले सांगितीक प्रस्तुति रहने छ। सोहि अनुरुप १२ गते स्थानीय लिजार्ड ब्याण्डको प्रस्तुती रहने छ भने , १३ गते ट्रिटन ब्याण्ड , १४ गते अमृत थापा मगर र विलसन बिक्रम राईको प्रस्तुित रहने छ ।

त्यस्तै १५ गते द वेब ब्याण्ड कांकरभिट्टा,१६ गते नमुना ब्याण्ड बिराट चौक र १७ गते अफरोड नेपाल दमकको प्रस्तुति रहने छ । उद्घाटनको सातै साँझ कार्यक्रमलाई रोमाञ्चक बनाइने जनाइएको छ । कार्यक्रममा अतिथिहरुलाई स्वागत शिवसताक्षी नगरपालिकाका प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष नविन इजमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here