प्रहरीकै ‘सेटिङ’मा बलात्कार

0
329

झापा ।

प्रहरी जवानकै योजनामा बहिनीलाई नग्न बनाएर तस्वीर खिच्दै दिदीलाई बलात्कार गरेको घटना बाहिरिएको छ ।

१९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारको अभियोगमा प्रहरी जवान पक्राउ गरेसँगै यस्तो रहस्य बाहिरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जवान विशाल शर्मासँगै गुरुचरण चौधरी पनि पक्राउ परेको प्रहरीले जनाएको छ । जवान शर्मासहित तीन जनाले गत २३ कात्तिकमा कञ्चन गाउँपालिका–५ भइसहीकी एक किशोरीमाथि सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रवीण पोखरेलले बताए । सोही अभियोगमा शर्मा र चौधरी पक्राउ परेका हुन् ।

राति ८ बजेको समयमा बाटोमा हिँडिरहेका दुई जना किशोरी (दिदीबहिनी) सँग प्रहरी जवान शर्माको भेट भयो । साथीको जन्मदिन मनाउन गइरहेको बताउँदा ट्राफिक प्रहरी जवान शर्माले उनीहरुलाई केरकार गरेको उनीमाथि आरोप छ । ‘त्यसैक्रममा उनीहरु बीच विवाद समेत भएको अनुसन्धानबाट खुलेको छ’– एसपी पोखरेलले भने– ‘त्यसपछि प्रहरी जवान शर्माले आफ्ना तीन जना साथीहरुलाई बोलाएर बलात्कार गरेको आरोप लागेको हो ।’

अनुसन्धानको क्रममा जवानका साथीहरुले बहिनीलाई नग्न बनाएर तस्वीरसमेत खिचे । त्यसपछि दिदीलाई जबर्जस्ती करणी गरे । घटना त्यतिमै रोकिएन । बलात्कार गरेको उजुरी गरेको भन्दै उनीहरुले बहिनीको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की समेत दिए ।

फोटो सार्वजनिक भएपछि पीडित पक्ष प्रहरी कहाँ पुगेको थियो । फोटो सार्वजनिक भएपछि ती परिवारसहित किशोरीहरु उजुरी दिन प्रहरीकहाँ आएको एसपी पोखरेलले बताए । घटनामा संलग्न अन्य व्यक्तिहरु फरार रहेकाले खोजी तीव्र पारिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here