वीरता जेसीजको सन् २०२१ का लागि संयोजक चयन

0
946

बिर्तामोड , 

वीरता जेसीजका अध्यक्ष राजीव धिमालले वीरता जेसीजको सन् २०२१ का लागि  संयोजक चयन गरेका छन् ।

वीरता जेसीजको आयोजनामा भएको झण्डोत्तलन कार्यक्रममा वीरता जेसीजका अध्यक्ष राजीव धिमालले सन् २०२१ का लागि १५ जना संयोजक चयन गरेका हुन् ।

वीरता जेसीजको खेल संयोजकमा दिपेन धिमाल, संस्कृति संयोजकमा मेघराज लिम्वू(गोपाल), रक्तदान संयोजकमा प्रकाश सुवेदी, सञ्चार संयोजकमा तुलसीप्रसाद निरौला, शाखा सम्पादकमा कमल पाण्डे विनोद, अवार्ड संयोजकमा सञ्जय राजवंशी, वातावरण तथा सरसफाई संयोजकमा प्रज्ज्वल विमली, शिक्षा संयोजकमा सुमन पोद्धार रहेका छन् ।

त्यस्तै अन्तर शाखा समन्वय संयोजकमा जीवन खड्का, अन्तर्राष्ट्रिय समन्वय संयोजकमा मनोज रौनियार, मनोरञ्जन संयोजकमा आशिम ज्वयल श्रेष्ठ , अर्थ संयोजकमा दिपक शाह, स्वास्थ्य संयोजकमा घनश्याम चौधरी, दुर्घटना न्यूनीकरण संयोजकमा मिक्की कार्की, महिला तथा वालवालिका संयोजकमा किरण थापा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here