नमूना परिवार बनाउन अर्जुनधारामा स्वस्थ्यकर व्यवहारहरु कार्यान्वयन गराउने प्रतिबद्धता

0
828

अर्जुनधारा ।

“स्वच्छ परिवार सुखको आधार” भन्ने नारासहित नमूना परिवार बनाउने उद्धेश्यले झापाको अर्जुनधारामा सोमबार आयोजित एक कार्यक्रमका सहभागीहरुले सरसफाई प्रबद्र्धन कार्यक्रम अन्र्तगतका स्वस्थ्यकर व्यवहारहरु कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगर स्वास्थ्य शाखाद्धारा आयोजित नियमित खोप सुदृढीकरण एवम् पूर्ण खोप सुनिश्चतता तथा योजना तर्जुमा गोष्ठी कार्यक्रमका सहभागी जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुले उक्त स्वस्थ्यकर व्यवहारहरु कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्त स्वस्थ्यकर व्यवहारहरुमा ६ महिनाको उमेर सम्म स्तनपान मात्र गराउने, राम्ररी पकाएको र सुरक्षित खाना खुवाउने, साबुन पानीले मिचिमिचि हात धुने, दुध र पानी उमालेको मात्र खुवाउने, सधैं सफा चर्पीको प्रयोग गर्ने तथा बच्चाको दिसा चर्पीमा मात्र फाल्ने, बच्चालाई १५ महिनाको उमेर भित्र लगाउनु पर्ने सबै खोप तोकिएको तालिका अनुसार लगाउने रहेका छन् ।

नगर उपप्रमुख कमला खतिवडा आचार्यले प्रतिबद्धता वाचन गरेको कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय झापाका खोप कार्यक्रम प्रमुख बालकृष्ण भण्डारीले गरेका थिए ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here