हिमानी कोष अष्ट्रेलियाको अध्यक्षमा अञ्जना, सल्लाहकारमा दिनेश

0
816

अष्ट्रेलिया।

नेपालमा समाजिक कार्यमा लागेको हिमानी कोषले आफ्नो शाखा बिस्तारको क्रममा अष्ट्रेलियामा पनि च्याप्टर स्थापना गरेको छ ।

हालै सिड्नीमा आयोजित एक कार्यक्रमकाबीच अञ्जना कार्की बस्नेतको अध्यक्षतामा हिमानी कोष अस्ट्रेलिया विधिवत रुपमा स्थापना भएको हो । देश बाहिर स्थापना भएको हिमानी कोषको सल्लाहकारमा पूर्व अधिराजकुमारी सिताष्मा राज्य लक्ष्मीदेवी शाह, दिनेशकुमार पोखरेल, डा. शम्सेरसिंह थापा, डा. रामकृष्ण निरौला, डिला खरेल, स्वतन्त्र प्रताप शाह र भोमादेवी लिम्बू छन् ।

त्यस्तै महासचिवमा समिम अनवर, कोषाध्यक्षमा प्रगति राणा, प्रवक्तामा रेश्मा थापा तथा पब्लिक अफिसरमा राम खत्री छन् । कार्यसमितिका सदस्यमा रचना बानियाँ, ऋषिकेश न्यौपाने, अनु पाण्डे, दीपक गौतम, कमला बस्नेत र ईश्वर गिरी छन् ।

कार्यक्रममा बोल्दै एनआरएनका उपाध्यक्ष देव गुरूङले सामाजिक सेवाभावमा जुनसुकै संस्था खोलिनु स्वागतयोग्य रहेको बताए । उनले संस्थाको सफलताको कामना गर्दै भने– ‘समय र सहयोग बटुलेर देश सेवा गर्छु भन्ने जो कोही संस्था र व्यक्ति धन्यवादका पात्र हुन् ।’

यस्तै कार्यक्रममा शुभकामना व्यक्त गर्दै एनआरएन अभियन्ता दिनेशराज जोशीले राजा महेन्द्र, बीपी कोइराला र मदन भण्डारीजस्ता राजनेताको भावनालाई समेटेर देश सेवामा लाग्न खोज्ने अभियन्ता सम्मानका हकदार रहेको बताए । उनले नाम भन्दा पनि संस्थाको पहिचान कामबाट हुने भएकोले राम्रो काम गरेर देखाएमा सबैको साझा संस्था बन्ने बताए ।

कार्यक्रममा बोल्दै हिमानी ट्रष्ट अष्ट्रेलियाकी अध्यक्ष अञ्जना बस्नेत कार्कीले परोपकारी कार्य र समाजिक सेवाभावको उद्देश्य बोकेर संस्थाको स्थापना भएको बताइन् । पूर्वयुवराज्ञी हिमानीको नाम जोडिएर बनेको यो ट्रष्टको मूल उद्देश्य भनेको देश र मुलुकको हितका खातिर परोपकारी कार्यमा जुट्नु रहेको अध्यक्ष अञ्जनाले बताइन् ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, नेपाल अष्ट्रेलिया डेमोक्रयाटिक फोरमका अध्यक्ष सुरेन्द्र सापकोटा, नेपाली पत्रकार संघ अष्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले, लुर्निया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाँई लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here