लागूऔषध सहित दुई जना पक्राउ

0
623

मोरङ।

मोरङको बिराटनगर–१६ स्थितबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेका छन् ।

मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट एभिल–१०एम्पुल, फेनारगन–१०एम्पुल, लुपिजेसिक–१० एम्पुल र डाईजोल्याब–१० एम्पुल बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here