ट्राफिक व्यवस्थापन चुस्त राख्न झापामा छुट्टै कार्यदल

0
781

बिर्तामोड, 

आवश्यक उपकरणको अभावमा ट्राफिक व्यवस्थापनमा थप कठिनाई भएको बताउँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई आवश्यक उपकरण खरिदका लागि कार्यदल गठन गरिएको छ ।


बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाधयक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको हो । बिर्तामोडमा आज भएको सर्वपक्षीय भेलावाट गठित कार्यदलमा बीरता जेसीज सन २०२१ का अध्यक्ष राजीव धिमाल रहेका छन् भने सदस्यहरुमा उद्यमशील महिला संघकी पार्वता खरेल विमली, लायन्स क्लव अफ स्मार्ट – लेडिजकी लीला मैनाली, नेपाल पत्रकार महासंघ झापाका निमित्त कार्यवहाक अध्यक्ष एकराज गिरी, वीरता जेसीज सन २०२० का अध्यक्ष मिजास पोखरेल रहेका छन् ।

त्यस्तै समितिमा एक्सल बैंक बिर्तामोडमा पंकज घिमिरे, लायन्स क्लव अफ बिर्तामोडका जीवन कुमार खड्का, रोटरी क्लव अफ बिर्तामोडका निर्मल भट्टराई, सीटी सेन्टर बिर्तामोडका दिपेन्द्र राउत, विर्तामोड सरसफाई अभियानका विष्णु प्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सजेश शिवाकोटी, वीएण्डसी अस्पतालका प्रमिस गरी र मारवाडी सेवा समितिका पवन खेडिया रहेका छन् । त्यस्तै सदस्य सचिवका रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा रहेको छ ।


कार्यदलले एक महिना भित्र ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने उपकरण खरिदमा सहयोग गर्ने बताइएको छ । ट्राफिकका लागि व्रेथ लाइजरसहित सडकमा जेब्रा क्रम बनाउँदा प्रयोग हुने उपकरण समेत खरिद गर्ने कार्यदलको निस्कर्ष रहेको जल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक शिव शर्मा धिमालले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सभा हलमा सम्पन्न कार्यक्रम प्रहरी निरक्षक प्रकाश जवेगूको अध्यक्षतामा भएको थियो ।


पछिल्लो समय झापामा सडक दुर्घटना बढेसंगै ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत सवारी चेकजाँचलाई कडाई गरेको ट्राफिक प्रहरीले आवश्यक उपकरण नहुँदा समस्या झेल्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here