नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष खनालद्धारा मेची ब्राण्डको प्रमोसन

0
789

बुधबारे ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अरुनेश्वर खनालले जेसीज युवाहरुले सञ्चालन गरेको एभरेष्ट साबुन उद्योगको मेची ब्रान्डको बुधबार एक कार्यक्रमका बीच प्रमोसन गर्नुभएको छ ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले लगायतका जेसी टिमले सञ्चालन गरेको उद्योगको मेची साबुन र सर्फको अध्यक्ष खनाल सहित नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, राष्ट्रिय उपाध्यक्ष प्रमिशा काप्mलेले प्रमोसन गर्नुभएको हो ।

बुधबारे जेसीजको ‘जेसी युवाले सञ्चालन गरेको व्यवसाय प्रवद्र्धन कार्यक्रम‘ अन्तर्गत उहाँहरुले बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, उपाध्यक्ष अनिल घिमिरे, सदस्यहरु सौरभ श्रेष्ठ, खगेन लामिछाने, ज्ञानु कोइराला, यादव वाग्लेले सञ्चालन गरेको एभरेष्ट साबुन उद्योगका उत्पादन मेची ब्रान्डका साबुन र सर्फको प्रमोसन गर्नुभएको हो ।

जेसी नवराज कोइरालाको संयोजकत्व, अध्यक्ष वाग्लेको सभापतित्व र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष खनालको प्रमुख आतिथ्यमा झापाको बुधबारेमा आयोजित कार्यक्रममा व्यवसाय प्रवद्र्धन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि खनालले बुधबारे जेसीजले थालेको जेसी युवाको व्यवसाय प्रवद्र्धन कार्यक्रम महत्वपूर्ण अभियान रहेको बताउनु भयो । उहाँले जेसी उद्योगीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । नेपाल जेसीजले यस वर्ष विजनेस सेक्टरमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याइने पनि जानकारी दिनुभयो । जेसीज गाउँको अभियान पनि प्रभावकारी ढंगबाट बढाइने बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटाले बुधबारे जेसीजले गरेको व्यवसाय प्रवद्र्धन कार्यक्रम अत्यन्त्यै तारिफ योग्य रहेको बताउनु भयो । व्यवसाय प्रवद्र्धनको माध्यम जेसीजलाई बनाएको प्रति खुसी व्यक्त गर्दै उद्योगी जेसीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमकी विशेष अतिथि राष्ट्रिय उपाध्यक्ष काप्mलेले बुधबारे जेसीजका अध्यक्ष सहितको टिमले सञ्चालन गरेको उद्योग र मेची ब्रान्डको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति बुधबारे जेसीजका अध्यक्ष तथा एभरेष्ट साबुन उद्योगका सञ्चालन अनिल वाग्लेले करोडौं रुपैँयाको लगानीमा सञ्चालन गरिएको एभरेष्ट साबुन उद्योगको प्रमोसन जेसीज मार्फत गर्न पाएकोमा खुसी व्यक्त गर्दै देशभरका जेसीहरुलाई एभरेष्ट साबुन उद्योगका उत्पादन जेसीको उपहार सम्झेर प्रयोग गर्न र प्रवद्र्धन गर्न सहयोग पु¥याउन आग्रह गर्नुभएको छ । उहाँले जेसीहरुले सञ्चालन गरेको जुन सुकै उद्योग, व्यवसाय प्रवद्र्धनका लागि लाखौं रुपैँया खर्च गर्नुनपर्ने बताउँदै जेसीजमा लागेका युवा र जेसीज मार्फत नै व्यवसाय र उद्योगको प्रमोसन र प्रवद्र्धन गर्न सकिने उदाहरण प्रस्तुत गर्न बुधबारे जेसीजले यो अभियान सुरु गरेको बताउनु भयो ।

महासचिव सुजित बरालले सञ्चालन गरेको कार्यक्रममा जेसीज आस्था पाठ कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकालले गर्नुभएको थियो । कार्यक्रममा संयोजक नवराज कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्याव्सन बुद्धशान्तिका सचिव बुद्धिकान्त अधिकारी, बुधबारे जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार यापूm राई, पूर्व अध्यक्षहरु फडिन्द्र चापागाई, रमेश बराल, हेमन्त बराल, प्रकाश भण्डारी लगायतको आतिथ्यता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here