झापा, बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै छन् । ओली बिहान ११ बजे आयोग जान लागेका हुन् ।

प्रतिनिधिसभा विघटनसँगै नेकपाको आधिकारिकता विवाद बल्झिएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लागेका हुन् । नेकपा भित्रको विवदपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग पहिलो पटक जाँदैछन् ।
आयोगले यसअघि नेकपाका दुवै पक्षका शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो । तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।
लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाको पुष्पकमल दाहाल पक्ष दलबलसहित निर्वाचन आयोग पुगेको थियो । ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।




























