बिर्तामोड ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले केही दिनअघि सुनको सिक्रि फेला परेको भन्दै सम्बन्धि धनीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रहरीको टोलीले बिर्तामोड–५ स्थित मुक्तिचौकबाट सडकमा बेवारिसे अवस्था लकेट सहितको करिब एक तोला सुन फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक याम खड्काले जानकारी दिए ।
सुनको सिक्रिको बिलसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा सम्पर्क राख्न आग्रह गरिएको छ । कोही नआएमा राजश्व कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।





























