भागरथी हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गर्‍यो

0
410

काठमाडाैं,

भागरथी हत्यामा संलग्न आरोपीलाई आज प्रहरीले सार्वजनिक गरेको छ।

दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी अहिले दिउँसो सार्वजनिक गरेको हो।

उनले हत्याको आरोप स्विकारिसकेका प्रहरीले जनाएको छ।

भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेका बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here