भट्टराईकोे नेतृत्वमा संयुक्त व्यवसायी प्यानलको उम्मेदवार घोषणा

0
726

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

आगामी फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त गठबन्धनले बुधबार उम्मेदवार सार्वजनिक गरेको छ ।

 

चुनाव प्रचार प्रसार समितिको आयोजनामा भएको कार्यक्रममा नेकपा र राप्रपाको संयुक्त गठबन्धनले सुवास भट्टराईको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरी उम्मेदवार सार्वजनिक गरेको हो ।

निर्वाचन परिचालन समन्वय समितिका संयोजक रोमणी भट्टराईकोे अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन मूल व्यवस्थापन समितिका सदस्य ज्ञानुराम प्रसाईंले संयुक्त व्यवसायी प्यानलका उम्मेदवारको घोषणा गरेका थिए ।

नेकपाका तर्फबाट अध्यक्षमा सुवास भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, नेकपाका तर्फबाट वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी राप्रपाका तर्फबाट वाणिज्य सचिवमा कृष्ण पौडेल, नेकपाका तर्फबाट कोषाध्यक्षमा दुर्गा थपलिया र राप्रपाका तर्फबाट सह कोषाध्यक्षमा रञ्जु प्याकुरेलको उम्मेदवारी घोषणा गरिएको हो ।

त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गौरीशंकर गुप्ता (टिंकु) ,भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटी , राप्रपाका तर्फबाट महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीको उम्मेदवारी घोषणा गरिएको हो ।

कार्यक्रममा उम्मेद्वारी घोषणा गरेका भट्टराईले व्यवसायिक हक–हित र विर्तामोड नगरको विकास लक्षित विभिन्न २७ बुँदे प्रतिवद्धता प्रस्तुत गरेका थिए ।

भट्टराईले बिर्तामोड बजारको शान्ति, सुरक्षा र व्यवस्थित पाकिंङको व्यवस्था मिलाउने, रात्रीकालीन बजार सञ्चालन तथा यातायातको सुविधा र सुरक्षा मिलाउने, साप्ताहिक बजार बन्दलाइ प्रभावकारी बनाउने, संघको सचिवालयलार्य व्यवसायी मैत्री बनाउनुका साथै अतिथि सदनको भवन र हललाई समय सापेक्ष बनाउने, व्यवसाय गर्न इच्छुकलाई व्यवसायको अवसर, प्रवद्र्धनका लागि विज्ञद्वारा तालिम प्रदान गर्ने, पान तथा भ्याट दर्ताका लागि व्यवसायी र सचिवालयबीच समन्वयात्मक भूमिका बढाउने, बिमासहितको राहत कोष स्थापना गर्नुका साथै दैवी विपत्ति र दुर्घटनामा व्यवसायी तथा उद्यमीलाई प्रदान गर्ने, बिर्तामोड शहरको फोहोर मैला र सडकवत्ती व्यवस्थापन र मर्मतमा समन्वयात्मक तथा दवाबमुलक भूमिका खेल्ने, विर्तामोडमा हुने दैनिक कारोबारको रेकर्ड प्रक्षेपण गरी प्रकाशन÷प्रशारण गर्ने,व्यवसायिक गतिविधि समेटिएको बुलेटिन प्रकाशन गर्ने, छलफल र संवादको माध्यमबाट थोक तथा खुद्रा व्यवसायी बीचको समस्या समाधान गर्ने, व्यवसायीहरुको अभिलेखिकरण गर्नुका साथै दैनिक गतिविधि डिजिटलाइजलाई गर्ने, संस्थाका कार्यसमिति र कर्मचारीको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरिएको छ ।

त्यस्तै स्थानीय तहसंग समन्वयमा बजारको विकासका लागि ठोस कार्यक्रम र योजना निर्माण गर्ने, कृषिथोक बजार व्यवस्थापन समितिसंग सहकार्यमा व्यवसायीको हितमा कार्यक्रम ल्याउने, सामाजिक संघ–संस्थासंग समन्वय तथा साझेदारी गर्ने, स्थानीय सरकारको करलाई व्यवसाय अनुसार दर घटाउन पहल गर्ने, व्यापार तथा उद्योगलाई प्रवद्र्धनका लागि मेला/महोत्सव प्रदर्शनी र सञ्चालन गर्ने, अन्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ र निजी क्षेत्रसंगको सहकार्यलाई विस्तार गर्ने, रक्तदान, स्वास्थ्य शिविर, उद्दार, राहत वितरण जस्ता सामाजिक सेवाका कामहरु सञ्चालन गर्ने, बैंक तथा वित्तिय क्षेत्र र व्यवसायीबीच हुने अन्तरविरोध हटाउन मध्यस्थताको भूमिका खेल्ने, उद्योग तथा व्यापार क्षेत्रका राष्ट्रियरअन्तराष्ट्रिय सूचना, उद्यमशिलता र व्यवसाय प्रवद्र्धन सम्बन्धीका प्रेरणात्मक अनुभव र सूचना, सदस्यहरुको विवरण, गुनासा, सुझाव संस्थाका गतिविधि प्रस्तुत गर्ने एप्स निर्माण गर्ने, व्यवसायी, (निजी क्षेत्र) तथा सरकारसंगको समन्वयमा नगरलाई पर्यटनसंग जोड्न विर्तामोडमा विजनेश पार्क र प्रदर्शनी स्थल निर्माण गर्ने, बुधबारे हटियाका व्यवसायीका समस्या समाधानका लागि स्थानीय तहसंग समन्वय गर्ने, उपभोक्त आगमनलाई सहज बनाउन चारवटा आकाशे पुल निर्माण गर्न पहल गर्ने लगायतका प्रतिवद्धता अघि सारिएको छ ।

कार्यक्रममा नेकपा १ नम्बर प्रदेशका इन्चार्ज देवराज घिमिरे, नेकपा झापा सचिव विजय सम्पाङ, निर्वाचन परिचालन समन्वय समितिका सह संयोजक वेदप्रकाश अग्रवालले शुभकामना व्यक्त गरेका थिए ।

कृष्ण पौडेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक गोपाल काफ्लेले गरेका थिए ।
फागुन ६ गते विहीबार उम्मेदवारको मनोनयन दर्ता गरिने बताइएको छ । आगामी फागुन १६ गते हुने निर्वाचनमा चार हजार पाँच सय ३९ मतदाता रहेका छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here