सरस्वती माबिका भूतपूर्व विद्यार्थी समूहको साँस्कृतिक कार्यक्रम

0
575

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

बिर्तामोड –६ मा रहेको सरस्वती माबिका भूतपूर्व विद्यार्थी समूहको आयोजनामा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष वसन्त राईको अध्यक्षता तथा बिर्तामोड –६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य धनसरी राईले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा सामाजिक ब्यक्तित्व रामकुमार कन्दङ्गवा, लोकबन्धु कन्दङ्गवा, वडा सदस्य एलबिन्द्र खत्री, पर्शुराम खनाल, पवित्रा कोइराला ढुंगाना , जगतकुमार राइ,मणिकुमार भट्टराई, सामाजिक अभियन्ता गणेश ढुंगाना,दाताराम तिम्सिना,डिल्लीराम चापागाईं, महेन्द्र मिश्र,आशिष बन, गणेश कन्दङ्वा लगायतले शुभकामना दिएका थिए ।

समूहका कोषाध्यक्ष गणेश खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा राष्ट्रिय कलाकार श्रीकृष्ण लुइँटेलको प्रस्तुतिसहित लोकनृत्य, साकेला नृत्य,च्याब्रुङ्ग नृत्य, धिमाल नृत्यहरु प्रदर्शन गरिएको थियो ।

बिद्यालयको सामाजिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको कार्यक्रममा अनिवार्य अवकाश प्राप्त शिक्षकहरु देवी नेपाल, कमला न्यौपाने, खडकप्रसाद मैनालीलाई कदर पत्र र दोसल्लासहित बिदाइ गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक लुइँटेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुजङ्ग कन्दङ्गवाले भूतपूर्व विद्यार्थी समूहले गरेको योगदानको प्रशंसा गरेका थिए ।

भूतपूर्व विद्यार्थी समूहले गत वर्ष सरस्वती मन्दिर र बालबालिकाहरुका लागि पिङ्ग निर्माण गरि बिद्यालयलाई हस्तान्तरण गरेको भूतपूर्व विद्यार्थी समूहका अध्यक्ष बसन्त राईले बताए । कार्यक्रमको सञ्चालन सचिब जीवन बाँस्कोटाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here