फाकफोकथुममा आधारभूत स्वास्थ सेवा केन्द्रको भवन उद्घाटन

0
724

युद्धबहादुर बोहोरा,
इलाम ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा ठिंङ्गेपुर स्वास्थ सेवा केन्द्रको नयाँ भवन शुक्रबार उद्घाटन भएको छ ।

वडाध्यक्ष टेकवीर नेम्वाङको अध्यक्षतामा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सरस्वती राईको विशेष आतिथ्यमा उद्घाटन सम्पन्न भएको हो ।

कार्यक्रममा भवन निर्माणका लागि पाँच रोपनी निस्शुल्क जग्गा उपलब्ध गराउने गीता लिम्बु र हरि प्रसाद नेम्वाङलाई सम्मान गरिएको छ ।

भवन निर्माण ठेक्केदार जिआरडी कम्पनी तथा प्रतिनिधि द्वय टीका सम्बाहाम्फे लिम्बू र टीका बोहोरा साथै निमार्ण स्थल तयारीको काममा सहयोग गर्ने स्काभेटर चालक टीकाराम रिजाललाई समेत प्रमुख तथा विशेष अतिथिबाट सम्मान गरिएको जननिर्वाचित सदस्य बालकृष्ण भट्टराईले जानकारी दिए।

संघीय सरकारबाट गत आर्थिक वर्षमा उपलब्ध २७ लाख रुपैयाँ लागतमा निर्माण शुरु गरिएको एक तलाको तीन कोठे उक्त भवन २०७७ साल माघ महिनामा निर्माण सम्पन्न गरि कम्पनीले हस्तान्तरण गरेको कार्यालयले जनाएको छ ।

अनमी र अहेव गरि दुई जना स्वास्थकर्मी रहेकोे यस स्वास्थ सेवा केन्द्रबाट सामान्य स्वास्थ जाँच,परामर्श तथा औषधि वितरण सेवा उपलब्ध हुँदै आएको छ भने निकट भविस्यमा ल्याव सेवा पनि संचालन गरिने कार्यालयले जानकारी दिएको छ ।

यस वडाको कार्यालय भवन गत वर्ष यसै मितिमा उद्घाटन भएको र हाल निर्माण प्रक्रियामा रहेको भवन पनि आगामी वर्ष फाल्गुन ७ गतेनै उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

पालिकामा १० शौयाको अस्पताल निमार्ण गर्ने शिलान्यास भएसंगै हरेक वडामा उचित आधारभूत स्वास्थ सेवा सुविधा जनतामा पुर्‍याउने साथै स्वास्थ सेवा केन्द्रहरुलाई स्तरोन्नति गर्दै सबैको पहुँच पुग्ने व्यवस्थामा पालिका प्रतिबद्ध रहेको कार्यक्रमका प्रमुख तथा विशेष अतिथिले व्यक्त गरेका छन् ।

यसैबीच, स्थानीय सामाजिक व्यक्तित्व टीका निरौलाले ठिंङ्गेपुर स्वास्थ इकाईको लागि आफ्ना स्वर्गीय बुबाआमाको नाममा ५० हजार रुपैयाँको ुदेवराज मन्दोदरा स्मृतिु अक्षयकोष स्थापन गरेका छन् ।

उद्घाटन समारोहमा पाकिका स्वास्थ शाखा प्रमुख याम बस्नेत,वडा नम्बर ४ का अध्यक्ष हरि दङ्गाली,शिक्षक रुपनारायण अधिकारी, संघसंस्थाका प्रतिनिधि,जनप्रतिनिधि प्रतिनिधि तथा पार्टी प्रतिनिधिहरुले मन्तव्य राखेको थिए ।

स्वास्थ सेवा केन्द्रका इन्चार्ज अहेव छवि निरौलाले स्वागत मन्तव्य राखेको कार्यक्रम वडा सदस्य भट्टराईले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here