गणेश अर्याल, इलाम ।

चिया उत्पादक जिल्ला सहकारी संघ इलामको चौधौ साधारण सभा प्रेम राज गुरुङलाइ पून अध्यक्षतामा चयन गर्दै इलाम सदरमुकाममा सम्पन्न भएको छ ।
सदरमुकाम स्थीत संघको सभाहलमा सम्पन्न सभाले थिरबहादुर राउत लाइ उपाध्यक्ष, तथा मदन बराललाई सचिबमा चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा अमृता राई डिल्ली खतिवडा माधब पौडेल र मुना पौडेल निरौला चयन भएका छन् । त्यसैगरी अगम सिंह मगरको सम्योजकत्वमा सबिन बस्नेत र इन्द्रकला निरौला सदस्य रहेको लेखा समिति समेत सर्बसहमत चयन भएको निबर्तमान सचिब बेदनिधि पोखरेलले बताउनुभयो ।
पदम तामाङ दावा तामाङ र बेदनिधि पोख्रेल को निर्बाचन समितिले निर्बाचनको प्रकृया सञ्चालन गरेको भए पनि सर्बसहमत भएको थियो । प्रेमराज गुरुङको सभापतित्वमा भएको साधारण सभा सचिब बेदनिधि पोख्रेलले सञ्चालन गर्नुभएको थियो ।
सभाले बिनियम सम्सोधन सहित बिभिन्न निर्णय गरेको छ । इलाममा ४२ वटा चिया उत्पादक सहकारी सस्थाहरु सञ्चालनमा रहेका छन् ।






























