झापा ।

झापाको मेचिनगर–१३ धाईजनका ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
शुक्रबार बेलुका साढे ७ बजे मेचिनगर–१३ चारआली स्थित पूर्व–पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाईकल एक–आपसमा ठक्कर खाँदा घाईते भएका मे११प ४४७८ नम्बरको मोटरसाईकल चालक अनन्त आचार्यको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा रातको १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अर्को मे११प ११३१ नम्बरको मोटरसाईकलमा सवार दुई जना समेत घाईते भई उपचार भईरहेको छ । दुवै मोटरसाईकल प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।































