बुधबारे जेसीजद्वारा लागूऔषध विरुद्धको दोस्रो चरणको कार्यक्रम सम्पन्न

0
523

बुधबारे ।

बुधबारे जेसीजले शनिबार लागूऔषध विरुद्धको दोस्रो चरणको कार्यक्रम सम्पन्न गरेको छ । लागु औषधको प्रयोगलाई न्यूनिकरण गर्ने उद्देश्यले बुधबारे जेसीजले सन् एक वर्ष अभियान सञ्चालन गरेको थियो ।

दोस्रो चरणको कार्यक्रम अ्र्रन्तर्गत आज बुद्धशान्ति गाउँपालिकाका विभिन्न क्लिनिक, मुख्य ठाउँ र पालिका क्षेत्रका करिब २ सय ठाउँमा ‘लागु औषध प्रयोगकर्ता र विक्रेतालाई निरुत्साहि गर्न संग्लन व्यक्तिका बारेमा तुरुन्त प्रहरीलाई खवर गरौं ।’ भन्ने चेतनामूलक प्लम्पेट टाँस्दै माइकिङ गरिएको थियो ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनताको अत्यधिक घुँइचो हुने गाउँपालिका परिसरमा प्रमुख अतिथि भुजेल सचेतना मूलक पम्लेट टाँसेर कार्यक्रमको सुभारम्ब गर्नुभएको थियो । बुधबारे जेसीजका विनोद नेम्बाङको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि भुजेलले लागु औषधले नकारात्मक प्रभाव पारिरहेको सन्दर्भमा सबै मिलेर यो कुरासँग जुध्नु पर्ने अवस्था आएको बताउनु भयो ।

उहाँले युवालाई लागुऔषधको कुलतबाट बचाउन योजनाबद्ध हिसावले अघि बढ्नु पर्ने बताउनु भयो । ‘अहिले लागु औषधको प्रयोगले युवा पुस्ता मात्र होइन उनका परिवारमा पनि नराम्रो असर परिरहेको छ ।’ प्रमुख अतिथि भुजेलले भन्नुभयो ‘लागु औषधमा छोराछोरी फँसेको सुनेर बुबाहरु पनि त्यसको सिकार भइरहेको बुझेका छौं, यो झन् दुखद् हो ।’

संयोजक नेम्बाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको औचित्य माथि अध्यक्ष वाग्लेले प्रकाश पार्नुभएको थियो । उहाँले बुधबारे जेसीजले लागु औषध विरुद्दको अभियान सुभारम्भ गरेदेखि केहि प्रभाव देखिने गरि परेको बताउँदै सबैको सहकार्यमा वर्ष २०२१ मा केहि सकारात्मक सुधार हुने बताउनु भयो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको विशिष्ट आतिथ्यता, इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवालको विशेष आतिथ्यता थियो ।

महासचिव सुजित बरालले सञ्चालन गरेको कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई लगायतको आतिथ्यता थियो । सो अभियानमा बुद्धशान्ति गाउँपालिका, इलाका प्रहरी कार्यालय बुधबारे, फो सेभेन गाइज बुद्धशान्तिको सहकार्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here