युवा सङ्घले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने

0
592

काठमाडौँ,

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ ।

गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताउनुभयो ।

उहाँले चैतमसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्ने समेत जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here