मोरङको रतुवामाईमा एड्भान्स अस्पताल दमकको नि:शुल्क स्वास्थ्य शिविर

0
899

दमक,

एड्भान्स अस्पताल दमकले आज मोरङको रतुवामाई नगरपालीकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । रतुवामाई नगरपालीका वडा नम्बर ९ को भौडाहामा स्वास्थ्य शिविरमा स्थानिय ३ सय जना नागरिकलाई सेवा प्रदान गरिएको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिनुभयो ।

शिविरमा अस्पतालका बाल रोग विशेषज्ञ डा. अनिल थापा, हाजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अनुपा पोखरेल, फिजिसियन तथा मुटुरोग बिशेषज्ञ डा. निमा शेर्पा, सर्जन डा. रविनरत्न रञ्जितकार, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. गरिमा भण्डारी लगायतका चिकित्सकले स्वास्थ्य जाँच गर्नु भएको थियो ।

स्थानिय सामुहिक हातहरुको समुह(साहास) को स्थानिय व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा भिडियो एक्सरे तथा सुगर जाँच समेत गरिएको थियो । त्यसैगरी औषधि समेत निशुल्क वितरण गरिएको साहासका सदस्य मिलन बरालले जानकारी दिनुभयो ।

सामुहिक हातहरुको समुहका अध्यक्ष धनप्रसाद दाहालको अध्यक्षतामा भएको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा अस्पतालका सञ्चालन तथा दमक क्याम्पसका पुर्व प्रमुख उत्तमप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

ग्रामिण क्षेत्रका नागरिकहरुको घरमै पुगेर विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्न स्वास्थ्य शिविरको आयोजना गरिएको प्रमुख अतिथि तथा अस्पतालका सञ्चालक भट्टराईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here