अनिलदेब राई/रंगियाथान (पाँचगाछी),

प्रदेश–१ सभा सदस्य सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य झलकसिंह दर्लामी मगरले शनिबार झापाको दक्षिणी क्षेत्रका स्थानीवासी र कनकाई नदीमा निर्माणधिन जनताको तटबन्धको स्थलगत अध्ययन तथा त्यहाँ भइरहेको कामको प्रगती सम्बन्धी चासो राख्नुभएको छ ।
सो क्षेत्रमा बर्षेनी लगातारको बर्षासँगै कनकाई नदीको कटानले पश्चिमतर्फको क्षेत्र शिबसताक्षी नगरपालिका र गौरिगञ्ज गाउँपालिकाको वडाभित्रका गाउँहरु डुवान गरेर धन जनको क्षति हुने गरेको छ । खासगरी, क्षति न्यूनिकरण र नियन्त्रण गर्न नेपाल सरकार अन्तर्गत प्रदेस र संघीय मन्त्रालयबाट पछिल्लो समय उपलब्धीपूर्ण कार्य प्रगती भइरहेको र त्यसलाई अझ प्रभावकारी बनाउदै लैजाने प्रदेस सांसद दर्लामी बताउँनुहुन्छ ।
सांसद दर्लामीले शिबसताक्षी–४ को रंगियाथान पुर्वमा निर्माधिन अवस्थामा रहेको रेभेटमेन्ट लन्जिङको स्थलगत अध्ययन तथा अवोलकन गर्नुभएको छ । सो क्षेत्रमा गत बर्ष कनकाई नदी गाउँतर्फ प्रवेश गरेर क्षति गरेको थियो ।
गत आर्थिक बर्षमा प्राप्त बजेट मार्फत चालु आर्थिक बर्षमा कनकाई नदीमा तटबन्धका कामहरु भइरहेको छ, सांसद दर्लामीले भन्नुभयो–’गत आर्थिक बर्षमा कोरोना माहामारीका कारण यस्ता ठूला कार्यहरु रोकिएको र सोही कामलाई निरन्तरता दिइरहेका छौं । वहाँका अनुसार बैशाख मसान्तसम्ममा यी कामहरु सम्पन्न गरिने र त्यसको गुणूस्तरीयतामा समेत ध्यान दिइरहेका छौं ।’

सांसद दर्लामीका अनुसार शिबसताक्षी–६ र ४ सहित गौरिगञ्ज–१ मा गरी नौ सय मिटर बढी तटबन्धका कामहरु भइरहेको र त्यो कामहरु यहि बैसाख मसान्तभित्रमा सम्पन्न गरिने छ । त्यस्तैं, शिबसताक्षी–५ सहित गौरिगञ्ज–१ र २ का केही स्थानमा फागुनभित्रबाटै ५ देखी ७ सय मिटर तटबन्ध हुने सांंसद दर्लामी बताउनुहुन्छ ।
नदीले बढी क्षति गर्ने स्थानको पहिचान गरेर तत्काल तटबन्धका कामलाई अघि बढाइएको र क्रमिक रुपले अन्य स्थाननहरुमा समेत तटबन्धका कामलाई सञ्चालन गरिने सांसद दर्लामीको भनाई छ ।
यता, तटबन्ध सम्बन्धी काम गरिरहेको कनेकश्वोर कन्ट्रक्सटन कम्पनीका सञ्चालक मोहन कुमार गौतमका अनुसार वर्षा हुन अगावै निर्माणधिन योजनाहरु पुरा हुने छ । वहाँले कनकाई नदीमा जनताको तटबन्ध ठेक्का मार्फत र उपभोत्ता समिति मार्फत निर्माण कार्यहरु भइरहेका र आगामी समयमा हुने कामको बारेमा जानकारी गराउनुभएको थियो ।
सांसद दर्लामीसँगै नेकपा झापाका सचिवालय सदस्य एबम् शिबसताक्षी नगरका सह–इन्र्चाज एनपी लामिछाने, नेता कमल लामिछाने, शिबसतक्षीका नगर अध्यक्ष महेन्द्र भट्टराई, नगर कार्यालय सदस्य प्रेम याम्फु राई, कचाली ताजपुरिया, बिष्णु मैनाली, नेत्र नेम्बाङ लगायत स्थानीयवासीहरुको सहभागिता थियो ।


























