विराट र ग्लेसियरबीच सहकार्य

0
982

विर्तामोड।

झापाको विर्तामोडमा रहेको बिराट ज्योति अंग्रेजी मावि र ग्लेसियर इन्टरनेशनल स्कूल एण्ड कलेज काठमाडौंबीच व्यवस्थापकीय सहकार्य भएको छ ।

बिर्तामोड –३ सैनिकमोडमा स्थापना भएर साढे दुई दशकदेखि शैक्षिक क्षेत्रमा योगदान पु¥याउँदै आएको विराट ज्योति अंगे्रजी मावि यहाँको गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय मध्येमा पर्छ ।

२५ वर्षदेखि शिक्षा क्षेत्रमा योगदान गर्दै आएको बिराटज्योतिले समय सुहाउँदो शैक्षिक गतिविधिका लागि ग्लेसियरसँग सहकार्य गर्ने भएको हो । बिराटका अध्यक्ष गणेश ओलीले जीवन उपयोगी, व्यवहारिक र अनुसाशित शिक्षाका लागि अब नयाँ ढंगले अघि बढ्ने जानकारी दिए । शुक्रवार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सहकार्य बारे जानकारी दिइएको हो ।

बिराटज्योतिले अभिभावक र विद्यार्थीको मन जित्दै यहाँसम्म आएको ओलीले बताए । गुणस्तरीय र प्रविधिसहितको शिक्षालाई पहिलो प्राथमिकतामा राखेर पठनपाठन सञ्चालन गर्दै आएको ओलीको भनाइ छ ।

ग्लेसियरसँगको सहकार्य पछि शैक्षिक र प्राविधिक सहयोग हुने ग्लेसियरका सहायक प्रिन्सिपल रेगन प्रसाईले जानकारी दिए । सफल शैक्षिक संस्थाको पहिचान बनाएको ग्लेसियरसँगको सहकार्यमा बिराटलाई थप गुणस्तरीय र समय सापेक्ष बनाइने प्रसाईको भनाइ छ ।

०५१ सालमा स्थापना भएको ग्लेसियरले बिराटसँगको सहकार्यमा झापाको शिक्षा क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ । बिराटले आगामी शैक्षिक शत्रबाट विज्ञान र मानविकीका संकायहरु र मन्टेश्वरी शिक्षामा आधारित कक्षा सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष ओलीले बताए ।

२०५१ सालमा स्थापना भएको ग्लेसियर इन्टरनेशनल स्कूल एण्ड कलेजले २०६६ सालदेखि +२मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा शिक्षा प्रदान गर्दै आएको छ । हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीबीएम, बीबीएस, बीसीए, बीए र एमबीएसका कक्षा पनि चलाउँदै आएको ग्लेसियरले मोन्टेश्वरी शिक्षालाई व्यवस्थित र व्यवहारिक बनाउने उद्देश्यले भारतस्थित हैदरावादको आइरिस फ्लोरेट्स फ्रान्चाइज अन्तर्गतको शिक्षा पनि प्रदान गर्दै आएको बताइएको छ ।

कार्यक्रममा विराट ज्योति माविका अध्यक्ष ओलीले व्यवस्थापकीय जिम्मेवारी ग्लेसियरले लिएपनि पुरानो टीम यथावत रहने बताउँदै नयाँ व्यवस्थापनबाट विद्यालयको स्तर अझ माथि उठ्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन प्रणित पुडासैनीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here